ग्लोबल नेपाली

एनआरएन नागरिकता लिनेलाइ १० वर्षको फ्रि भिसा

एनआरएन नागरिकता लिनेलाइ १० वर्षको फ्रि भिसा

तस्बिर: सामाजिक संजाल

काठमाडाैँ । गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिले अब नेपालमा बस्दा १० वर्षसम्म भिसा शुल्क मिनाहा हुनुका साथै कम्पनी समेत सञ्चालन गर्न पाउने भएका छन् ।

शुक्रबार राति बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले अध्यादेश मार्फत नयाँ कानुनी व्यबस्था गरेको बताइएको छ । मन्त्रिपरिषद् बैठकले ध्यादेशमार्फत् गैरआवासीय नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरेको हो ।

Advertisement

गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको सम्पत्ति नेपालमा लगानी गर्न यसअघि कानुनी जटिलता थियो । त्यसलाई अन्त्य गरी मुलुकमा लगानीको वातावरण सहज बनाउन सरकारले अध्यादेशमार्फत् यस्तो व्यवस्था गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत १० वर्षसम्म भिसा निःशुल्क व्यवस्था गरेको हो ।

शेयर गर्नुहोस:

2.5k
Shares