मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

एआइले पत्रकारितामा पार्ने भूमिकाका विषयमा अन्तरकृया

एआइले पत्रकारितामा पार्ने भूमिकाका विषयमा अन्तरकृया


ड्यालस (टेक्सस) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा शनिबार टेक्ससको युलेसमा प्रवासको पत्रकारितामा आर्टिफेसिएल इन्टेलिजेन्स, सामाजीक सञ्जालको भूमिका विषयमा एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमको प्रमुख स्रोतव्यक्तिका रुपमा क्यानडाको ओटावा युनिभर्सिटीमा पत्रकारिताको अध्यापनरत डा. भानुभक्त आचार्यले पत्रकारहरुको लागि आउँदा दिनमा आर्टिफेसिएल इन्टेलिजेन्स (कृतिम बौद्धिकता) चुनौति र अवसर दुबै रहेको चर्चा गरे । आचार्यले एआईलाई प्रयोग गर्न जान्ने हो भने पत्रकारका लागि ठूलो अवसर रहेको र त्यसबाट तथ्य संकलन, भेरिभाई, नयाँ डिजाइनमा काम गर्न सकिने प्रशस्न संभावना रहेको उल्लेख गरे ।

प्रवासमा रहेर पत्रकारिता गर्दाका चुनौतिका विषयमा समेत आचार्यले प्रष्ट्याउँदै एआईको प्रयोग गर्दा पुरै भर पर्दा विगतमा भएका केही मिडियाले माफी माग्नु परेको दृष्टान्त पेश गरेका थिए ।

सोही अवसरमा नेपाल समाचारपत्रका पूर्ब सम्पादक तथा पत्रकारिताका प्राध्यापक कपिल काफ्लेले नेपाल बाहिर रहेका नेपालीभाषीका बच्चाहरुको भाषा, संस्कारका निम्ति नेपालीभाषामा प्रकाशित हुने अनलाइनहरुको अझै महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा एआईका विषयमा विद्यावारिधी गर्दै रहेका विजयराज भट्टराईले समेत भूमिकाका विषयमा प्रकाश पारेका थिए ।

नेजा अध्यक्ष सुरज भण्डारीको सभापतित्व र महासचिव बाबुराम दाहालको सञ्चालनमा भएको कार्यक्रममा पूर्ब अध्यक्ष विकासराज न्यौपाने, भोला आचार्य,  नेपाली जनसम्पर्क समिति अमेरिका पूर्ब अध्यक्ष विष्णु सुवेदी, लगायतले अमेरिकाका सामुदायिक पत्रकारिता र चुनौतिका विषयमा धारणा राखेका थिए ।