मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
बोस्टन   
मुख्य समाचार   

एनआरएनए अमेरिकाद्वारा बोस्टनमा आयोजित महिला सम्मेलन सम्पन्न

एनआरएनए अमेरिकाद्वारा बोस्टनमा आयोजित महिला सम्मेलन सम्पन्न


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाद्वारा आयोजित महिला सम्मेलन-२०२४(Women’s conference-2024) सम्पन्न भएको छ। म्यासाच्युसेट्स राज्यको बोस्टनमा आयोजित उक्त सम्मेलन नोभेम्बर १६ तारिख सनिबार सम्पन्न भएको हो।

‘आफूमा विश्वास गर(Believe in yourself) !’ भन्ने मूल नाराका साथ महिला सशक्तिकरणमा केन्द्रिकृत रहेको सम्मेलन, एनआरएनए, एनसिसि, अमेरिका अन्तर्गतको महिला विभागले आयोजना गरेको थियो। एनआरएनए, एनसिसि, अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेको अध्यक्षता रहेको कार्यक्रमको उद्घाटन अध्यक्ष बन्जाडेले पानसमा बत्ती बालेर गरेका थिए।

एनआरएनए, एनसिसि, अमेरिकाका महासचिव रामहरि अधिकारीले कार्यक्रमलाई औपचारिकता दिदै नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सम्मेलनलाई अगाडि बढाएका थिए। उद्घाटन सत्रमा म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठले सहभागीहरुलाई स्वागत गरेका थिए भने, पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (प्याब्फोन)का अध्यक्ष बिरोचन नेपालले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अस्मी पोखरेले सञ्चालन गरेको सम्मेलनको दोश्रो सत्रमा विभिन्न श्रोत व्यक्तिहरुले अमेरिकामा रहेका प्रवासी नेपालीहरुका चुनौती र अवसर, बाल्यकाल यौन दुर्व्यवहारका घटना र त्यसको रोकथाम, नेपाली समुदायको दोश्रो पुस्ताको चुनौती र सफलता, सफलताका कथा जस्ता विषयहरुमा महत्वपूर्ण सूचना तथा जानकारीहरु दिने प्रयास गरेका थिए।

सम्मेलनको क्रममा अध्यक्ष बन्जाडेले सम्बोधन गर्दै गैरआवासीय नेपालीहरुको विशेष चासोको विषय गैरआवासीय नेपाली नागरिकताको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारी दिएका थिए। झण्डै २ हजार हाराहारी गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिइसकेको तर कार्यान्वयनको पाटोमा त्यो कागजको खोस्टो सरह भएको उनिहरुबाट व्यापक गुनासोहरु आइरहेको उनले बताए।

अध्यक्ष बन्जाडेले यस सम्बन्धमा एनआरएनए, एनसिसि, अमेरिकाले नागरिकता आयोग-२०२४ नै गठन गरेर गैरआवासीय नेपाली नागरकताको पूर्ण कार्यान्वयनका लागि आवश्यक काम गरिरहेको जानकारी दिए। व्यवस्था गरिएको सम्पूर्ण अधिकारहरुको सुनिश्चितासहित यथासिघ्र पूर्ण कार्यान्वयनका लागि नेपाल सरकारलाई अनुरोध गरिरहेको जानकारी दिदै उनले कार्यान्वयनले छिट्टै सार्थकता पाउने आशा व्यक्त गरे।

सम्मेलनकी संयोजक एवम् एनआरएनए, एनसिसि, अमेरिकाकी महिला उपाध्यक्ष सुनिता सापकोटा कंडेलले सम्मेलन सफलता पूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरिन्। कार्यक्रम छोटो भएपनि सम्पन्न गर्न धेरै दिनदेखि धेरै जना खटिरहनु परेको स्मरण गर्दै उनले कार्यक्रम सफल बनाउन साथ सहयोग गर्ने सबैलाई आयोजकको तर्फबाट धन्यवाद दिएकी थिइन्।

झण्डै ५ घण्टासम्म चलेको कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्यहरु प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरञ्जनसमेत दिलाउने प्रयास गरेका थिए।