मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

मौलिक संस्कृति प्रदर्शन साथ गुल्मेली बनभोज

मौलिक संस्कृति प्रदर्शन साथ गुल्मेली बनभोज


ड्यालस (टेक्सस) । जीवनमा एक पटक पनि गुल्मी पुग्ने अवसर नपाएहरुदेखि लिएर गुल्मीमै हुर्किएर अमेरिका आएका अनि अमेरिकामा पैदा भएका स साना नानीहरुले आइतबार गुल्मी जिल्लाबारे जान्ने मौका पाए ।

गुल्मेली चौतारीले टेक्ससको ड्यालसफोर्टवर्थमा पर्ने युलेस सिटीमा आइतबार पिकनिक सहितको मौलिक संस्कृति प्रदर्शन गरेको थियो । त्यस अवसरमा शताब्दीयौ पहिले बाइसे चौबिसे रजौटाहरुको समयमा सुरु भएको सराय नाच, पट्टा नाच लगायतका संस्कृति गुल्मेलीहरुले देखाएका थिए ।

टेक्सस भरिबाट जम्मा भएका गुल्मेलीहरुले सहभागीहरुलाई निशुल्क खानाको व्यबस्था गर्नुका साथै बिहानदेखि दिउँसोसम्म भरपुर मनोरञ्जन देखाएका थिए ।

‘गुल्मी र त्यस भेगमा जिल्लाहरुमा बडादशैंको अवसरमा कोटहरुमा देखाइने सरायँ नाच अहिलेको नयाँ पुस्तालाई जानकारी दिन पाउँदा निकै खुशी लाग्यो’ गुल्मेली युवा सागर अर्यालले हिमालयखबरसँग भने । पिकनिकमा गुल्मीबाट टेक्ससमा आएर बसेका, नेपालबाट भ्रमण भिसामा आएका बा आमाहरु, अन्य जिल्लाबाट आएकाहरुको समेत उल्लेख्य सहभागिता थियो ।

त्यस अवसरमा पञ्चेबाजाको साथमा गुल्मेली लोकनृत्य, अन्य बिभिन्न प्रतियोगिता समेत भएका थिए । ‘अरुको पिकनिक मात्र हुन्छ, हाम्रो चाँही गुल्मीको सांस्कृतिक पक्षबारे पनि जानकारी दिउँ भन्ने लक्ष्य लिएर अलिक तयारी गरेर पिकनिक गरेका हौ’ ड्यालसका चर्चित रियल्टर सूर्य थापाले भने ।

ड्यालसका चर्चित रियल्टर सूर्य थापा