मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

यस्तो रह्यो ड्यालसको तीज

यस्तो रह्यो ड्यालसको तीज

बिहीबारको तुलनामा शुक्रबार ब्रत सहित पूजा लगाउन आउने महिलाहरुको ठूलो संख्यामा भीड युलेस स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा


फोटो : बोधी क्रियशन

ड्यालस (अमेरिका) । महिलाहरुले आफ्नो चाडका रुपमा लिएर मनाउने तीज यस वर्ष नेपालभन्दा बाहिर प्रवासमा समेत भव्य रुपमा मनाइएका छन् ।

तीजलाई विशेषगरि नेपाली हिन्दु नारीहरुले आफ्नो पर्वका रुपमा शिवजीको ब्रत बसेर पतिको दीर्घायुको कामना गरेर मनाउने गरेको जनविश्वास छ । तीजको ब्रतको दिन र पञ्चमीका दिन नेपाली हिन्दु नारीहरुले अमेरिकामा रहेका बिभिन्न हिन्दु मन्दिरहरुमा गएर ब्रत र पूजा गरेका थिए ।

यसै क्रममा अमेरिकामा नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेको टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको नेपाली मन्दिरमा महिलाहरुको ठूलो भीड लागेको थियो । तृतीयाको दिन ठूलो संख्यामा ब्रत सहित पूजा गर्न आउने महिलाहरुको भीड युलेस स्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा लागेको थियो ।

अमेरिकाको तिथिलाई आधार मानेर ब्रत बस्नेले विहीबार मन्दिरमा पूजा गरेका थिए भने नेपालकै पात्रोलाई पछ्याएर मनाउने महिलाहरुले शुक्रबार गरेका थिए । बिहीबारको तुलनामा शुक्रबार ब्रत सहित पूजा लगाउनेको संख्या भने निकै बढी थियो ।

तीज नेपाली र भुटानी हिन्दु महिलाहरुले मात्र मनाउने पर्व हो । भारतीय, मौरिसस लगायतका देशमा रहेका हिन्दु महिलाहरुले तीजलाई मनाउने गरेको पाइदैन । शुक्रबार युलेसको पशुपतिनाथ मन्दिरमा मात्र नभएर ड्यालस फोर्टवर्थमा रहेका भारतीय समुदायले स्थापना गरेका अन्य हिन्दु मन्दिरमा पनि नेपाली महिलाहरुको उल्लेख्य सहभागिता थियो ।

डिएफडब्लु हिन्दु टेम्पल, श्रीराम मन्दिर प्लानो लगायतमा पनि ठूलो संख्यामा नेपाली महिलाहरु पूजाका लागि पुगेका थिए । शुक्रबार मात्र पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पाँचवटा समूहमा तीजको पूजा गरिएको थियो ।

आइतबार पञ्चमी पूजा गर्नका लागि पनि महिलाहरुको विशेष उत्साह र भीड मन्दिरमा थियो । पञ्चमीपूजा समापनसँगै यसवर्षको तीज पनि समाप्त भएको छ ।