मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
टेक्सस   

मुना हत्याका अभियुक्त बबीको ‘नेपाल कनेक्सन’

मुना हत्याका अभियुक्त बबीको ‘नेपाल कनेक्सन’


ह्युस्टन (टेक्सस) । मुना पाण्डेको हत्या अभियोग लागेका बबी सिंंह शाहको जन्म नेपालमा भएको खुलेको छ ।

सन् १९६० को दशकमा भारतको जम्मु कस्मिरबाट दर्शन सिंह नेपाल आएका थिए । उनका दुइ छोराहरु अमित र बबी सिंह काठमाडौंको डिल्लीबजारमा जन्मिएका थिए । ट्रान्सपोर्ट कम्पनीमा काम गर्नेगरि भारतबाट आएका दर्शन सिंहले पछि काठमाडाैँमा रेष्टुरेन्ट सुरु गरे ।

काठमाडौंबाट सञ्चालिन अनलाइन न्युजपोर्टल बाह्रखरीमा प्रकाशित समाचार अनुसार दर्शनसिंहले ट्रान्सपोर्ट व्यबसाय छाडेर सुन्धारामा इन्द्रपुरी रेष्टुरेन्ट खोलेका थिए । पछि विस्तार गर्दै पाखोमा मोतीमहल रेष्टुरेन्ट पनि खोले । पछि ती दुबैलाई बन्द गरेर थापाथलीचोकमा पञ्जाबीढावा समेत चलाएका थिए ।

मुनाको हत्या अभियोगमा हाल थुनामा रहेका बबीले काठमाडौंको सेन्ट जेभियर्सबाट स्कुल सुरु गरेर पछि चोभारको मोडर्न इण्डियन स्कुलबाट हाइस्कुल पुरा गरेका थिए ।

बाह्रखरीका अनुसार उनी ३० वर्ष अघि अमेरिका आएका थिए । उनी कोभीड सुरु हुनु भन्दा केही समय अघि नेपाल पुगेर आएका थिए । ललितपुरको फ्रेण्ड्स क्लबबाट फुटबल समेत खेल्ने गरेका थिए । बबीका पिता दर्शन सिंहको निधन हुँदा उनकी आमा नेपाल गएकी थिइन् ।

उक्त घटनामा मारिएकी मुनाको भोली सोमबार ह्युस्टनमा अन्त्येष्टी हुँदैछ । 8514 Tybor Dr, Houston, TX 77074 मा उनको अन्त्येष्टी हुने गरि तय गरिएको छ । उनकी आमा शुक्रबार नै ह्युस्टन आइसकेकी छिन् ।

सिसी टिभी फुटेजका आधारमा शाहलेनै हत्या गरेको प्रहरीले अनुमान गरेको छ । सोही कारण अदालतले शाहलाई जमानतमा छाड्न समेत अस्विकार गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा बबीलाई भारतीय भनिएको छ । तर काठमाडौंमा जन्मिएको हुँदा नेपाल र भारत दुबै देशको नागरिकता भएको शंका समेत गरिएको छ ।

शेयर गर्नुहोस:

12k
Shares