ड्यालस (अमेरिका) । युवाहरुको आयोजनामा आइतबार अपरान्ह टेक्ससको युलेसस्थित पशुपतिनाथ तथा बौद्ध मन्दिरमा योगा क्लास सम्पन्न भएको छ ।
नेपाली युथ प्रोफेसनल र नेपाली समाज टेक्सस अन्तरगतको विद्यार्थी तथा युवा उपसमितिको आयोजनामा योगा शिविर भएको हो । युवाहरुको व्यक्तित्व विकास, मानसिक स्वास्थ प्रति सजग गराउने उद्देश्यले शिविर आयोजना गरिएको थियो ।
लगातार चार घण्टासम्म चलेको शिविरमा झण्डै ७० जना युवाहरुको सहभागिता थियो । योगा शिविरमा लामा गुरुले युवाहरुलाई सत्मार्गको चयन गरेर निरोगी जीवन बिताउनका लागि आवश्यक टिप्सहरु समेत प्रदान गरेको आयोजक मध्यका सकृय युवा ओजेश उप्रेतीले जानकारी दिए ।
प्रतिक्रिया