मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मनोरञ्जन   
मुख्य समाचार   

नेपाली कलाकारहरुले शनिबार बोस्टन तताए

नेपाली कलाकारहरुले शनिबार बोस्टन तताए


बोस्टन (अमेरिका) । नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरुको साथमा बोस्टनवासी नेपालीहरु धित मर्ने गरि छमछमी नाचेका छन्।

दुई महिने सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ लिएर पहिलो पटक अमेरिका भित्रिएका चार चर्चित कलाकारुहरुसँग साक्षात्कार गर्दै बोस्टनबासी प्रवासीहरु खुलेर धित मर्ने गरी नाचेका हुन्। फ्लाइ नेपाको प्रस्तुति रहेको उक्त सांगीतिक अभियान अन्तरगत पहिलो कार्यक्रम बोस्टनमा शनिवार सम्पन्न भएको हो।

मोडल तथा कलाकार करिश्मा ढकाल

कार्यक्रममा नेपाली सांगीगिक क्षेत्रमा चर्चाको शिखरमा रहेका गायिकाहरु रचना रिमाल, शान्ति श्री परियार, ज्योति मगर र मोडल तथा कलाकार करिश्मा ढकालको बेजोड प्रस्तुति रहेको थियो। उनीहरुसँग मञ्च साझा गर्दै स्थानीय कलाकार द्वय सुशिला बस्नेत र सुश्मा अधिकारीले पनि सांगीतिक माहोलमा रौनकता थपेका थिए।

गायिका रचना रिमाल

नेपाली गीत संगीतलाई प्रवर्धन गर्ने, नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने, आपसी सम्बन्ध कसिलो बनाउने र मनोरञ्जन दिलाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरेका मिलन गुरुङले कार्यक्रमका बारेमा प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेका थिए। स्थानीय कलाकाहरुद्वय सुशिला बस्नेत तिमल्सिना र शुस्मा अधिकारीले गीत गाएर सांगीतिक कार्यक्रमको माहोल तयार पारेपछि मूल सांगीतिक कार्यक्रम ‘अब नाच्छ अमेरिका’ सुरु भएको थियो।

गायिका शान्ति श्री परियार

सांगीतिक कार्यक्रमको रौनकताको पारो तताउन नेपालबाट आएका चार कलाकारहरु मध्य सबै भन्दा पहिला मोडल तथा कलाकार करिश्मा ढकाल मञ्चमा उत्रिएकी थिइन्। उनले प्रस्तुत गरेका निकै आकर्षक नृत्यहरुले कार्यक्रमको नामलाई सत्य साबित गर्न महत्वपूर्ण भूमिका खेल्यो। एकपछि अर्को जुरुक्क जुरुक्क पार्ने नेपाली लोक भाकाका चर्चित गीतहरुमा उनले नृत्य गर्दा सहभागीहरुले पनि नाचेर साथ दिएका थिए।

गायिका ज्योति मगर

सानै उमेरमा नेपाली सांगीतिक क्षेत्रमा स्थापित गायिकाका रुपमा आफ्नो परिचय बनाउन सफल गायिका रचना रिमालले गाउन सुरु गरेपछि सांगीतिक माहोल थप मनोरञ्जनात्मक बन्न पुग्यो। शालीन, भद्र, निर्दोष उदयमान गायिकाका रुपमा चिरपरिचित रिमालले टन्न पैसा कमाउला भन्थ्यौ, नमुझे आमा दहीमा टिका, फोटो फिरेममा, उनको प्रिति पहिले हो कि, संझिने पानी छम्किने, ढुंगेधारालगायत चर्चित गीतहरु गाएकी थिइन्।

रिमाल पछि शान्ति श्री परियारले ‘बोल माया’ गीत गएर आफ्नो प्रस्तुति सुरु गरिन् । उनले यो गीत गाउदै गर्दा सहभागीहरु निकै भावुक बनेका थिए।

अन्तिम प्रस्तोताका रुपमा चर्चित गायिका ज्योति मगर तीजको गीत गाउँदै मञ्चमा उत्रिन्। मगर भेषभुषामा सजिएर तीज, चेलीका व्यथा र विरहलाई समेटिएको आफ्नो गीत ‘माईतीको मया बरीलै…’ गीत गाउदै मञ्चमा उत्रिदा सहभागीहरुले आश्चर्यको भाव प्रकट गरेका थिए। किनकी उनको पहिरन, गीत र हाउभाउले उनको स्थापित परिचयको प्रतिनिधित्व गरिरहेको थिएन।

उक्त वियोगान्त गीत गाउदै भूमिका बाँध्दै उनले व्यक्त गरेका भावनाहरुले सहभागीहरुलाई भावुक हुन बाध्य पारेको थियो। सहभागीहरुको मनको भावना पढ्न सक्ने र सोही अनुसार आफूलाई प्रस्तुत गर्न सक्ने मगरले ‘कान्छी मुसुक्कै, पैसा भुसुक्कै’, ‘खोली भित्र पानी’, पहिलो भेटमै…गीत गाएर आफ्नो स्थापित परिचयलाई न्याय दिइन्।

जब उनले मगर जातिको पहिचान दर्शाउने पोशाक शरीरबाट उतारिन् तब सांगीतिक माहोलको पारो एक्कासी ह्वात्तै बढ्यो। प्रस्तुतिका क्रममा उनले आफ्ना चर्चित गीतहरु ढाडे बिरालो, उही मुलाको सिन्की, जाली रुमाल, जिम्मल बाउकी छोरीलगायत गीतहरु गाएकी थिइन्। उनको प्रस्तुतिका क्रममा सहभागीहरुले धित मर्ने गरी नाचेर र गाएर भरपूर मनोरञ्जन लिएका थिए।

कार्यक्रमको अन्तिममा कलाकारहरु र ‘अब नाच्छ अमेरिका’ को प्रस्तोता फ्लाइ नेपाका प्रमुख बिनोद अधिकारीलाई बोस्टन कार्यक्रम आयोजकको तर्फबाट सम्मान गरिएको थियो। बोस्टन कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गरेका मिलन गुरुङले कार्यक्रम सफतापूर्वक सम्पन्न भएकोमा निकै खुशी व्यक्त गरेका छन्। बोस्टनको कार्यक्रम समापन भएसंगै अमेरिकाको बिभन्न २९ सहरहरुमा उक्त कार्यक्रम हुने कार्यतालिका बनिसकेको फ्लाइ नेपालका अधिकारीले बताए।