मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
मुख्य समाचार   

प्रवासी नेपालीद्वारा सुविधा सम्पन्न ‘एसए ब्लिसफुल स्पा’ सञ्चालन

प्रवासी नेपालीद्वारा सुविधा सम्पन्न ‘एसए ब्लिसफुल स्पा’ सञ्चालन

गुणस्तरीय सेवा दिने प्रतिबध्दतासहित नियमित सेवा सुरु


अमेरिकाबासी प्रवासी नेपालीको लगानी र व्यवस्थापन रहेको सुविधा सम्पन्न ‘एसए ब्लिस्फुल स्पा(SA blissful Spa) सञ्चालनमा आएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्य, बर्लिङ्टन सिटीको 280 Cambridge St.मा अवस्थित यस स्पाको उद्घाटन आज अगस्ट १ तारिख बिहीबारका दिन बर्लिङ्टन एरिया चेम्बर अफ कमर्सका अध्यक्ष रिक पार्करको प्रमुख आतिथ्यतामा भएसंगै सञ्चालनमा आएको हो। प्रमुख अतिथि पार्करले रिबन काटेर स्पाको उद्घाटन गरेर स्पा सञ्चालक परिवारलाई बधाई ज्ञापन गर्दै व्यवसायिक सफलताका लागि शुभकामनासमेत व्यक्त गरेका थिए।

अमेरिकामा लामो समयदेखि सौन्दर्य क्षेत्रसंग सम्बन्धित व्यवसायमा सक्रिय शिव श्रेष्ठ र यसै क्षेत्रमा लागेर सैध्दान्तिक ज्ञान र व्यवहारिक सीपको पर्याप्त अनुभव बटुलिसकेकी सलोनी भण्डारीको संयुक्त प्रयासमा स्पाले सार्थकता पाएको हो। स्पामा शिव श्रेष्ठ, अन्जु श्रेष्ठ, सलोनी भण्डारी र भिम ओलीको साझेदारी रहेको छ। स्पाले उद्घाटन भएसंगै सेवाग्राहीहरुलाई आफ्ना सेवाहरु प्रदान गर्न सुरु गरिसकेको छ।

Advertisement

स्पा सञ्चालक शिव श्रेष्ठले लामो प्रतिक्षा र अथक प्रयास पछि स्पा सञ्चालन गर्ने आफ्नो सपना पूरा भएको बताए। सेवा क्षेत्र निकै संवेदनशील र चुनौतीपूर्ण रहेको बताउदै उनले आफ्नो सपना पूरा गर्नका लागि सबै खाले चुनौतीहरु स्विकार गरेर अघि बढेको बताए। स्पाको भब्य उद्घाटन भएकोमा निकै खुशी व्यक्त गर्दै गुणस्तरीय सेवामा आफ्नो टिम कदाचित् नचुक्ने विश्वास दिलाए।

स्पाकी सञ्चालक सलोनी भण्डारीले पनि अथक प्रयास पश्चात् स्पाको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएकोमा खुशी व्यक्त गरिन्। आफूमा रहेको ज्ञान र सीपलाई व्यवसायिक रुप दिएर अघि बढ्न सफल भएकोमा खुशी व्यक्त गर्दै उनले यस व्यवसायिक अभियानमा प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिइन्। सञ्चालक भण्डारीले ‘एसए ब्लिसफुल स्पा’ आधुनिक, सुविधासम्पन्न, शान्त र आकर्षक रहेको र सेवा प्रदान गर्ने जनशक्ति(एस्थेटिशियन)हरु अनुभवी र दक्ष रहेको दाबी गरिन्। उनले आफ्नो नेतृत्वमा रहेका दक्ष जनशक्तिहरु(एस्थेटिसियनहरु)का गुणस्तरीय सेवाहरु र सेवा स्थानको शान्त र मनमोहक वातावरणले सेवाग्राहीहरुलाई तन, मन र आत्माको त्रिकोणात्मक सन्तुष्टि प्रदान गर्न सक्षम हुनेमा विश्वास दिलाइन्।

उनले दाबी गरे अनुसार अमेरिकाको म्यासाच्युसेट्स राज्यमा प्रवासी नेपालीले सञ्चालन गरेको यस स्तरको सुविधा सम्पन्न ‘स्पा’ पहिलो हो। सौन्दर्य क्षेत्रको सैध्दान्तिक र व्यवहारिक ज्ञान सीप लिएसंगै लामो कार्यगत अनुभवसमेत बटुलीसकेकी भण्डारीले दिर्घकालीन सोचका साथ यस व्यवसायमा होमिएको बताइन्। मानिसको समग्र व्यक्तित्व विकासमा बाहिरी सौन्दर्यका साथै भित्री आत्मीय सुन्दरताको पनि अहम भूमिका रहने जिकिर गर्दै भण्डारीले बाहिरी र भित्री सौन्दर्यतामा निखारता ल्याउन आफ्नो स्पा सहयोगी सिद्ध हुने दाबी गरिन्। उनले म्यासाचुसेट्स राज्यमा बसोबास गर्नेहरु आफ्नो स्पाको आफ्नो लक्षित ग्राहकहरु भएको बताउदै प्रवासी नेपालीहरुलाई एक पटक सेवा गर्ने अवसर प्रदान गर्न विशेष अनुरोधसमेत गरेकी छिन्।

सञ्चालक भण्डारीले दिएको जानकारी अनुसार सौन्दर्य, छाला र रौसंग सम्बन्धित (फेसियल, फेसियल इन्ह्यान्समेन्टस्, पील्स्, क्लिनिकल/मेडी फेसियल्स्, वाक्सिङ,ब्रोज, लाशेस्लगायत) सेवाहरु प्रदान गर्ने यस स्पा, हप्ताको सातै दिन खुला हुनेछ। ग्राहकहरुले स्पाबाट सेवा प्राप्त गर्नका लागि अनलाइनबाट आफ्नो नाम दर्ता गरेर मिति र समय तय गर्न सक्नेछन्। आराम, स्पासम्बन्धि उपचार र कल्याणकारी सेवाहरुमा इमानदारीपूर्वक समर्पित हुने लक्ष्य लिएर सञ्चालनमा आएको यस स्पाले, आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जाहेर गरेको छ।

शेयर गर्नुहोस:

11.8k
Shares