मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
राजनीति-समाज   

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदहरुको माग

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदहरुको माग

हिमालय खबर

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा सांसद्हरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा उनीहरुले देशभर बाढी, पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बौ रकम बराबरको क्षति भएको जानकारी जानकारी गराए ।

सांसद् नारायणप्रकाश साउदले देश अहिले बाढी, पहिरो र डुबानको चपेटामा परेको र कञ्चनपुरमा पनि ठूलो बाढी आउँदा धनजनको क्षति भएको बताए । बाढी पहिरोबाट चार बालबालिकाको मृत्यु भइसकेको उल्लेख गरे ।

सांसद् साउदले सरकारसमक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गरे । उनले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गरे । तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उनले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको बताए ।

सांसद् महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराए । उनले भने, “राहत, पुनःस्थापनका काम केही हुन सकेको छैन । यसको मुख्य कुरा भनेको चुरे नै हो । चुरे विनाशका कारण तराइको भूमि मरुभूमिका परिणत हुदै गएको छ । यसको संरक्षण आवश्यक छ ।”

फरक प्रसंगमा उनले यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सत्ता समीकरण र संविधान संशोधनमा सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गरे ।

सांसद् रुपा सोशी चौधरीले देश बाढी पहिरोले आक्रान्त भएको बेलामा सुदुरपश्चिमको कैलाली र कञ्चनपुर पनि अछुतो नरहेको बताए । उनले कतिपय ठाउँमा १० देखि १५ दिनसम्म पनि पानीको निकास हुन नसक्ने स्थिति रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले पूर्वानुमान गरेर यसरी हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने गरी काम गर्नुपर्ने बताए ।

सांसद् रामकृष्ण यादवले देश अहिले राजनीतिक संक्रमणकालको अवस्थामा रहेको बताउँदै यस बीचमा जनताका समस्यामा सरकारको उचित ध्यान जान नसकेको बताए । उनले सरकारसँगै राज्यका निकाय पनि चलायमान भएर बाढी पहिरोको पीडितको उद्धारमा लाग्नुपर्ने बताए ।

सांसद् पूर्णबहादुर घर्तीमगरले गए राति पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गरे । साथै घाइतेहरुको उपचारको माग गर्दै उनीहरुको शीघ्रस्वास्थय लाभको कामना गरे ।

सांसद् गङ्गा कार्कीले गौरीशङ्कर गाउँपालिका(९ सीमीगाउँ, रोल्वालिङ, च्छोरोल्पा पदमार्गमा आएको भीषण बाढी र पहिरोका कारण धेरै क्षति पु¥याएको जानकारी गराए ।

सांसद् मोहन बस्नेतले सिन्धुपाल्चोकमा पनि बाढीपहिरोले निकै असर पुर्‍याएको जानकारी गराउँदै यस्तो विपद् परेको बेलामा सम्बन्धित सांसदलाई जिल्लामा जाने व्यवस्था मिलाउनुपर्ने र गयल हुने व्यवस्था नगर्न अनुरोध गरे ।

उनले सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा काम गर्ने दुई व्यक्तिको मृत्यु भएको छ । मृतकको परिवारको बच्चालाई पढाउने र एउटालाई रोजगारीको व्यवस्थाका लागि आफूले पहल गर्ने जानकारी गराए ।