मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदहरुको माग

बाढी पहिरोपीडितको तत्काल उद्धार गर्न सांसदहरुको माग


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा सांसद्हरुले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको क्षतिबारे सदनमा जानकारी गराउन सरकारसँग माग गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि काम गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको आकस्मिक समयमा उनीहरुले देशभर बाढी, पहिरो र डुबानबाट आजसम्म ७४ जनाको निधन भएको, छ जना बेपत्ता भएको र ८६ घाइते तथा अर्बौ रकम बराबरको क्षति भएको जानकारी जानकारी गराए ।

Advertisement

सांसद् नारायणप्रकाश साउदले देश अहिले बाढी, पहिरो र डुबानको चपेटामा परेको र कञ्चनपुरमा पनि ठूलो बाढी आउँदा धनजनको क्षति भएको बताए । बाढी पहिरोबाट चार बालबालिकाको मृत्यु भइसकेको उल्लेख गरे ।

सांसद् साउदले सरकारसमक्ष पीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि माग गरे । उनले महेन्द्र राजमार्ग अवरुद्ध भएको बताउँदै बाढी नियन्त्रण गर्न सरकार सजग रहनुपर्ने उल्लेख गरे । तटबन्ध निर्माणमा सरकारले ध्यान नदिएको टिप्पणी गर्दै उनले धेरै नदीहरुले बस्तीमै ठूलो असर गरेको बताए ।

सांसद् महेन्द्रराय यादवले अविरल वर्षाले देशभर बाढीपहिरो, डुबानको ठूलो असर परेको बताउँदै तराई र सर्लाहीमा धेरै ठूलो क्षति भएको जानकारी गराए । उनले भने, “राहत, पुनःस्थापनका काम केही हुन सकेको छैन । यसको मुख्य कुरा भनेको चुरे नै हो । चुरे विनाशका कारण तराइको भूमि मरुभूमिका परिणत हुदै गएको छ । यसको संरक्षण आवश्यक छ ।”

फरक प्रसंगमा उनले यही असार १७ गते नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच सत्ता समीकरण र संविधान संशोधनमा सहमति भएका उल्लेख गर्दै संविधान संशोधन गर्दा सर्वपक्षीय छलफल गरेर मात्र गर्न आग्रह गरे ।

सांसद् रुपा सोशी चौधरीले देश बाढी पहिरोले आक्रान्त भएको बेलामा सुदुरपश्चिमको कैलाली र कञ्चनपुर पनि अछुतो नरहेको बताए । उनले कतिपय ठाउँमा १० देखि १५ दिनसम्म पनि पानीको निकास हुन नसक्ने स्थिति रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले पूर्वानुमान गरेर यसरी हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्ने गरी काम गर्नुपर्ने बताए ।

सांसद् रामकृष्ण यादवले देश अहिले राजनीतिक संक्रमणकालको अवस्थामा रहेको बताउँदै यस बीचमा जनताका समस्यामा सरकारको उचित ध्यान जान नसकेको बताए । उनले सरकारसँगै राज्यका निकाय पनि चलायमान भएर बाढी पहिरोको पीडितको उद्धारमा लाग्नुपर्ने बताए ।

सांसद् पूर्णबहादुर घर्तीमगरले गए राति पहिरो जाँदा रुकुममा धेरै धनजनको क्षति भएको जानकारी गराउँदै बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र पुनस्थापनको माग गरे । साथै घाइतेहरुको उपचारको माग गर्दै उनीहरुको शीघ्रस्वास्थय लाभको कामना गरे ।

सांसद् गङ्गा कार्कीले गौरीशङ्कर गाउँपालिका(९ सीमीगाउँ, रोल्वालिङ, च्छोरोल्पा पदमार्गमा आएको भीषण बाढी र पहिरोका कारण धेरै क्षति पु¥याएको जानकारी गराए ।

सांसद् मोहन बस्नेतले सिन्धुपाल्चोकमा पनि बाढीपहिरोले निकै असर पुर्‍याएको जानकारी गराउँदै यस्तो विपद् परेको बेलामा सम्बन्धित सांसदलाई जिल्लामा जाने व्यवस्था मिलाउनुपर्ने र गयल हुने व्यवस्था नगर्न अनुरोध गरे ।

उनले सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा काम गर्ने दुई व्यक्तिको मृत्यु भएको छ । मृतकको परिवारको बच्चालाई पढाउने र एउटालाई रोजगारीको व्यवस्थाका लागि आफूले पहल गर्ने जानकारी गराए ।

शेयर गर्नुहोस:

135
Shares