मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
मुख्य समाचार   

जुलाई १५ देखि ‘एनएसटी ग्लोबल पाठशाला’को समर क्याम्प

जुलाई १५ देखि ‘एनएसटी ग्लोबल पाठशाला’को समर क्याम्प


शेयर गर्नुहोस:

675
Shares

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । नेपाली समाज टेक्ससद्वारा सञ्चालित ‘एनएसटी ग्लोबल पाठशाला’ को समर क्याम्प आउँदो साताबाट सुरू हुने भएको छ ।

आउँदो जुलाई १५ देखि २८ सम्म पाठशालाको समर क्याम्प हुने नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिए । यो समर क्याम्पलाई नेपाली समाज टेक्ससले ‘सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प’ नाम दिइएको छ ।

Advertisement

हरेक वर्ष समर सिजनको स्कुल छुट्टीको समयमा नेपाली समाज टेक्ससले स्कुल जाने उमेरका बालबालिकाहरुलाई हिन्दु धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षाका बारेमा जानकारी दिन समर क्याम्प आयोजना गर्दै आएको छ । सदाझैँ यस वर्ष पनि डा. चिन्तामणि योगीले बालबालिकाहरुलाई कक्षा लिने भएका छन् ।

समर क्याम्पमा भर्ना हुनका लागि ५ वर्ष उमेर पुगेको हुनुपर्नेछ । यसपटक ५ वर्षदेखि ९ वर्षसम्म उमेरका बालबालिकालाई छुट्टै र ९ वर्षदेखि माथिका बालबालिकाहरुको अलग्गै समूह बनाएर पढाइने नेपाली समाजले जनाएको छ ।

आध्यात्मिक र सांस्कृतिकका अतिरिक्त बालबालिकाहरुका लागि योग मेडिटेसन, कन्फिडेन्स अभिवृद्धि, चित्रकला, नृत्य र नाटक, आर्थिक पक्षमा समेत सिकाइने गरी पाठ्यक्रम विकास गरिएको छ । जुनियर बालबालिकाका लागि जुलाई १५ देखि २१ सम्म र सिनियरका लागि जुलाई २२ देखि २८ सम्म कक्षा हुनेछन् ।

नेपाली समाजले तयार गरेको कार्यतालिकाअनुसार हरेक दिन बिहान ८ बजे कक्षा सुरू हुने र दिउँसो ४ बजे समापन हुनेछ । त्यसबीचमा बालबालिकाहरुका लागि ब्रेकफाष्ट, लञ्चलगायत सबै कुराहरु प्रदान गरिनेछ । समर क्याम्प युलेसस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हुनेछ ।

शेयर गर्नुहोस:

675
Shares