मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
ग्लोबल नेपाली   
न्युयोर्क   
मुख्य समाचार   

एनआरएनए अमेरिका अध्यक्षले बैठक पढेका सल्लाहकार प्रस्तावित २७ नाम

एनआरएनए अमेरिका अध्यक्षले बैठक पढेका सल्लाहकार प्रस्तावित २७ नाम


अमेरिका- एनआरएनए अमेरिकाम अध्यक्ष डा अर्जुुन बञ्जाडेले आइतवार भएको बोर्ड बैंठकमा सल्लाहकार नियुक्तीका लागि २७ जनाको नाम पढेका थिए । तर, प्रकृया पुर्याएर नआएको भन्दै बोर्ड बैठकले स्विकृत भने गरेन । विद्यानले अध्यक्षलाई पांच जना सल्लाहकार आफ्नो अनुकुल नियुक्त गर्न दिएको छ । यसवाहेक अन्य सल्लाहकार नियुक्त गर्दा छलफल गर्नु पर्ने प्रावधान छ ।

विशेष गरी विभिन्न क्षेत्रका विज्ञलाई सल्लाहकार राख्ने गरिन्छ । तर, अध्यक्षले पढेका नामहरु मध्ये अधिकांश चुनावमा सहयोग गरेका नगरेको आधारमा राखिएको गुनासो बैठकका केही सदश्यले गरेका छन् ।

यस्तै एनआरएनए अमेरिकाको प्रवक्ता नियुक्तीमा पनि मिडियासंग कुनै साइनो नभएको व्यक्तिलाई राखिएको छ । यसको पनि विरोध भएको छ । प्रवक्ताको काम मिडियासंग मिलेर एनआरएनए अमेरिकाका गतिविधि प्रचार प्रसार गर्ने हो । त्यसैले त्यहां मिडियाकै व्यक्तिलाई प्रथामिकता दिने गरिन्छ । सल्लाहकार र प्रवक्ताको नाम देखेपछि बोर्डकै सदश्यले अर्थ न बर्थका व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

सल्लाहकार नियुक्त गर्दा सम्वद्ध व्यक्तिको वोयोडाटा माग्नु पर्ने प्रावधान छ । सल्लाहकार हुन उक्त व्यक्ति कसरी विज्ञ भयो भन्ने थाहा पाउन वायोडाटा माग्ने प्रावधान गरिएको थियो ।

सल्लाहकारका लागि अध्यक्षले पढेका नामहरु:

डा तारा सिग्देल
बाला घिमिरे
दधि ढुंगाना
नेत्र बन्धु पोखरेल
संकेश कार्की
विजयकुमार थुलुगं
प्रेम चौलागांई
वासुदेव खनाल
केशव बराल
केशव लोहनी
बासुदेव अधिकारी
सन्तोष विष्ट
समर बुढाथोकी
बेद बस्नेत
कमल सापकोटा
सुन्दर गुरुगं
राजु लामा
श्रवण पुरी
डा विद्या मानन्धर रंजित
डोल्मा लामा
उमा शाह
सवु गदाल
डा सन्जु महतो
सानुवर्ण अधिकारी
चित्रा केसी
रेणु सुवेदी
अम्बिका लोहनी

यो पनि पढ्नुहोस् 

 

शेयर गर्नुहोस:

4.3k
Shares