न्युयोर्क, अमेरिका । आगामी स्थानीय निर्वाचनका लागि अमेरिकाको न्युयोर्क राज्यको लङ्ग आइल्यान्डमा बसोबास गर्ने नेपालीले सक्रियता बढाएका छन् ।
लङ्ग आइल्याण्डमा बसोबास गर्ने नेपालीहरु स्थानीय Nassau county अन्तर्गत पर्ने Town of Hempstead को निर्वाचनमा मेयर/सुपर भाइजरका उमेदवार डन केल्विन (Don clavin)लाई जिताउन आह्वान गर्दै नेपाली समुदाय लागिपरेका हुन् ।
उनीहरुले लङ्ग आइल्यान्डमा एक कार्यक्रमको आयोजना गरी Don clavin को स्वागत र अभिनन्दन गर्दै समर्थन गरेका छन् । लङ्ग आइल्यान्ड बसोबास गर्ने अगुवा, समाजसेवीहरूको आह्वानमा लेभिटाउनस्थित शंकर भण्डारीको निवासमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा Town of Hempstea supervisor Don clavin , Zahid Syed EXECUTIVE DIRECTOR of town Community Affairs लाई नेपाली टोपी र खादा लगाएर लङ्ग आइल्यान्ड नेपाली समाजका अध्यक्ष बसन्त चापागार्ईंले स्वागत गरेका थिए । यस्तै नेपाली कांग्रेसका महासमिति पूर्वसदस्य, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका सल्लाहकार एवं समाजसेवी वेदप्रसाद खरेल, लङ्ग आइल्यान्ड नेपाली समाजका पूर्वअध्यक्ष टीका ढकाल, लङ्ग आइल्यान्ड नेपाली समाजका महासचिव बाबुराम शर्मा, समाजसेवी धन महर्जनले स्वागत गरेका थिए ।
सहभागीहरुले नेपाली समुदायको अवस्था र मेयर जितेपछि नेपाली समुदायलाई गर्नुपर्ने कामहरूको व्याख्या गर्दै स्वागत गरेका थिए । लङ्ग आइल्यान्डमा नेपाली समुदाय सक्रिय र संगठित भएर स्थानीय चुनावमा लागेको यो दोस्रोे पटक हो ।
किन तपाईंहरूले रिपब्लिकन पार्टीका Don clavin लाई सहयोग, समर्थन र इन्डोर्स गर्नु भयो भन्ने प्रश्नको जवाफमा “ हामी बसोवास गर्ने स्थान सधैँ रिपब्लिकन पार्टीका उमेदवारले जित्ने र हामी सधैँ विपरीत धारमा हिँडेर स्थानीयस्तरमा बसोबास गर्ने नेपालीले सधैँ टाउनबाट पाउने सुविधा र सहयोगबाट वन्चित हुने, टाउनसँग सम्बन्ध नरहने र नेपाली समाज खाली कर्मकाण्डी पारामा दसैँतिहार मात्र मनाएर बसिरहने भएकोले आफूले नेपालीमूलका अमेरिकीलाई मूलधारको राजनीतिमा सहभागी गराउन यस्तो पहल गरेको खरेलको भनाइ छ ।
‘सरकारी निकायबाट पाउने सुविधा पाइँदैन र यो देशको मूलधारमा हाम्रो पहुँच पुग्दैन भने हामी सधैँ पछाडि परिन्छ’ खरेलले भने, ‘मैले नेपाली समुदायलाई यहाँको मूलधारको राजनीति र सरकारी अंगसँग जोडेर हामी र हाम्रा पुस्ताले यहाँ केही गर्ने, केही पाउने वातावरण मात्र बनाउन पहल गरेको हुँ ।’
कार्यक्रमको सञ्चालन विकाश खरेल र स्वागत भाषण बाबुराम शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन वसन्त चापागाईंले गरेका थिए ।












प्रतिक्रिया