मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

अमेरिकामा एनआरएन सदस्यता लिने घटे

अमेरिकामा एनआरएन सदस्यता लिने घटे


ड्यालस (अमेरिका) । गैर आवासीय नेपाली संघ अमेरिकामा यो पटक सदस्यताका लागि १३ हजार जनाको आवेदन परेको छ । यी मध्य सदस्यता छानवीन समितिले सोमबार रातिसम्ममा ८ हजार आठसयको सदस्यता आवेदनलाई स्विकृत गरिसकेको छ ।

दुई वर्ष अघि १७ हजार सदस्य रहेकोमा यस पटक घटेका छन् ।

Advertisement
ADVERTISEMENT

एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सुवेदीका अनुसार सदस्यता छानवीन समितिले उपलव्ध प्रमाणका आधारमा केही दिनभित्रै सदस्यता वितरण पुरा गरेर चुनावी कार्यक्रममा जाने तयारी गरिरहेको छ ।

अघिल्लो बर्षहरुको तुलनामा यसपटक सदस्यता लिने, चासो दिनेहरुको संख्या असाध्यै घटेको छ । विशेषगरि दुई वर्ष अघि न्यूयोर्कमा भएको एनआरएनए अमेरिकाको शपथग्रहण कार्यक्रममा हात हालाहालको अवस्था, तीनजना अध्यक्षको प्रावधानले यो संस्थाप्रति अमेरिकामा सर्वसाधारणमा वितृष्णा बढेको देखिन्छ ।

‘कठिन अवस्थामा पनि सदस्यता बन्नुहुने सबैलाई धन्यवाद छ । संस्थालाई सुधार गरेर लैजान सबैको योगदान र सहकार्य जरुरी छ’ सुवेदीले भने ।

एनआरएन अमेरिकामा दुईहजार चारसय ५७ जनाले पहिलेनै आजीवन सदस्यता लिइसकेका छन् ।

यसपटक सदस्यताको हिसाबले सबैभन्दा ठूलो च्याप्टर टेक्सस भएको छ । दुई वर्ष अघि तीनहजार सातसय ४१ सदस्य रहेको टेक्ससमा यसपटक भने दुईहजारले घटेको छ ।

सदस्यता छानवीन समितिले अन्तिम नामावली भने केही दिनमै सार्वजनिक गर्ने भएको छ ।

शेयर गर्नुहोस:

2k
Shares