काठमाडौँ । काठमाडौँबाट दुवई उडेको फ्लाई दुवईको जहाजको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गर्ने तयारी गरिएको छ ।
उड्नेबित्तिकै अस्वाभाविक आवाज आएपछि विमानलाई पुनः अवतरण गराउन लागिएको हो । उडेको केहीबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराइसकेका छन् । तर, उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरेका छैनन् ।
यसैबीच, पर्यटनमन्त्री सुजन किराँतीले यसवारेमा जानकारी दिँदै जहाज अवतरणका लागि सुरक्षित गन्तव्य स्थानमा जाँदै गरेको सामाजिक सञ्जालमा लेखेका छन् । जहाजमा १६२ जना यात्रु रहेको जनाइएको छ । फेसबुक स्टाटसमार्फत उनले ‘शुभ यात्रा’को शुभकामना पनि दिएका छन् ।
बोइङ कम्पनीको ७३७ उक्त जहाज काठमाडौँबाट दुवईका लागि उडेको थियो । काठमाडौँ विमानस्थलवाट उड्नेबित्तिकै जहाजको इन्जिनमा आगो लागेको थियो ।
जहाज उडेको रुटमा जहाजमा आगो लागेको कयौँले देखेका थिए । ठूलो आवाज पनि सुनेको स्थानीयले बताएका छन् । आगो लाग्दै जहाज उडेको तस्बिर सामाजिक सञ्जालहरुमा पनि राखिएको छ । जहाजले नेपालको आकाशमा केहीबेर चक्कर पनि लगाएको थियो ।
क्त जहाज काठमाडौंबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । उडान ट्याक गर्ने वेवसाइट फ्लाइट रडार २४ मा ९ः५८ बजे यो विमान कपिलवस्तुको आकाशमा देखिएको छ ।
सो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिँदै काठमाडौँ अवतरण गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको थियो । तर, जहाजले ‘आफ्ना सबै प्यारामिटर नर्मल’ अवस्थामा रहेको भन्दै गन्तव्यतर्फ लागेपछि अन्य जहाजहरु अवतरण गराइएको थियो ।
प्रतिक्रिया