मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

विधायक भण्डारी र गभर्नर मुरबीच छलफल

विधायक भण्डारी र गभर्नर मुरबीच छलफल

हिमालय खबर

शेयर गर्नुहोस:

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यका विधायक डा. ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यका नवनिर्वाचित गभर्नर वेज मुरसँग भेटघाट तथा छलफल गरेका छन् । गभर्नरको निवासमा आयोजित भेटघाट कार्यक्रममा डा. भण्डारीले गभर्नर मुरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

मेरिल्याण्ड जनरल एसेम्बलीमा एएपिआई (एशियन अमेरिक प्यासिफिक आइल्यान्डर्स) ककसको अध्यक्षसमेत रहनु भएका भण्डारीले आफनो सम्बोधनको क्रममा एशियन अमेरिकनको चासो र चुनौतीका बारेमा गभर्नर मुरलाई जानकारी गराएका थिए ।

विधायक भण्डारीले गभर्नर मुरलाई एशियन अमेरिकन मूलकी अरुणा मिलरलाई लुटिनेन्ट गभर्नरको रूपमा काम गर्न अवसर दिएकोमा एशियाली मूलका लाखौँ अमेरिकी खुशी भएकोसमेत बताएका थिए । साथै, गभर्नरको क्याविनेटमा तीन जना एशियाली मूलकालाई सेवा गर्ने अवसर प्रदान गरेकोमा गभर्नर मुरले विविधता र समावेशिताको अवसर प्रदान गर्नु भएकोमा भण्डारीले धन्यवाद ज्ञापनसमेत गरेका थिए ।

भण्डारीले उक्त अवसरमा ककसको अध्यक्षको नाताले मेरिल्याण्डमा एशियन अमेरिकन कम्युनिटी सेन्टर स्थापनाको लागि अनुरोध गरे । भण्डारीले उक्त सेन्टरले एशियन अमेरिकनका भाषागत समस्या, अवसरको खोजीका साथसाथै प्रजातन्त्रको मेरुदण्डको रूपमा नागरिकको सहभागिताले महत्त्वपूर्ण काम गर्न सक्ने बताए ।

भण्डारीले सेन्टरले एशियन अमेरिकीहरुको राजनीतिक सहभागितामा समेत काम गर्न सक्ने धारणा राखे । उनले सेन्टरले मेरिल्याण्ड राज्यको सामाजिक, आर्थिक, सांस्कृतिकलगायतको क्षेत्रमा योगदान गर्दै रोजगारीको अवसर सृजना गर्न सक्नेसमेत बताएका थिए ।

कार्यक्रममा गभर्नर मुरले एशियन अमेरिकनहरुको माग सम्बोधन र उनीहरुको सहभागिताको लागि आफूले सक्दो प्रयत्न गर्ने बताएका थिए । गभर्नर मुरले आफनो कार्यकालमा कसैलाई पनि पछाडि नपार्ने अवधारणा ल्याएकोले समावेशी सहभागितामा सदैव ध्यान दिने बताए ।

भारतीय मूलकी लुटिनेन्ट गभर्नर अरुणा मिलरले हरेक आप्रवासीको कथा आफनो कथा जस्तै भएको स्मरण गर्दै एएपिआईसँग मिलेर काम गर्ने बताएका थिए । कार्यक्रममा मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीका तल्लो र माथिल्लो सदनका विधायक, सिनटेरहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कार्यकारी अधिकार कार्यान्वयन गर्ने गभर्नरको कार्यालय र विधायिकी भूमिकामा रहेको जनरल एसेम्बलीको विभिन्न विषयमा सहकार्य गर्ने सम्वन्धमा समेत छलफल भएको थियो । कार्यक्रम गभर्नर मुर र श्रीमती मुरले एएपिआई ककसको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतको लागि गभर्नरको निवासमा आयोजना गरिएको थियो ।