मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
कोलोराडो   
मुख्य समाचार   

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको सल्लाहकार समिति गठन

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको सल्लाहकार समिति गठन


कोलोराडो (अमेरीका)- अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको हालै सम्पन्न कार्यसमितिको बैठकले ५ सदस्सिय सल्लाहकार समिती गठन गरेको छ ।

कार्यसमितिको बैठकको निर्णय अनुसार र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको विधान २०१२ पहिलो संशोधन, २०२० बमोजिम कार्यसमितिको यस कार्यकालको लागि विविध योजनाहरुको कार्यान्वयन गर्न र परिस्थितिजन्य निर्णयहरु गर्न आवश्यक सरसल्लाह लिनको निम्ति सल्लाहकार समिति गठन गरिएको हो ।

Advertisement
ADVERTISEMENT

यसरी गठन गरीएको सल्लाहकार समितिमा विभिन्न क्षेत्रमा कार्य गरेर सामाजिक प्रतिष्ठा र अनुभव हासिल गरिसकेका र साहित्यिक गतिविधिमा सक्रिय रहेका निर्मल प्याकुरेल, रमेश गुरुङ, प्रमिला शर्मा, कपिलदेव सुवेदी र बासुदेव खनाल सदस्य रहेका छन् । सल्लाहकार समितिको गठनबाट शाखाद्वारा भविष्यमा गरिने कार्यक्रमहरुलाई थप गति दिन र शाखालाई अनुशासित बनाउन मद्दत पुग्ने विश्वास गरिएको अध्यक्ष राजु सिटौलाले बताएका छन् ।

शेयर गर्नुहोस:

1.5k
Shares