मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

व्यास क्षेत्रलाई आकर्षक तीर्थस्थल बनाइन्छ : वरिष्ठ नेता पौडेल

व्यास क्षेत्रलाई आकर्षक तीर्थस्थल बनाइन्छ : वरिष्ठ नेता पौडेल


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले नमूना तनहुँ बनाउने सपना रहेको बताएका छन् । 
 
व्यास नगरपालिका–११ तनहुँसुरमा मंगलबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले वेदव्यासको जन्मस्थानमा १०८ फिट अग्लो निर्माणाधीन व्यास मूर्ति निर्माण गरेर यस क्षेत्रमा लाखौँ हिन्दूहरुको आकर्षक तीर्थस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
“पर्यटकीय नमूना बनाउनको लागि धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकतामा राखिएको छ”, उनले भने, “यस निर्वाचन क्षेत्रमा रहेका ठूला धार्मिकस्थल, भानु साहित्य उद्यान, गिरिजाप्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण सम्पन्न गरिनेछ ।” 
 
देशकै नमूना क्षेत्रको रुपमा विकास गर्नका लागि विकासका योजना अघि बढाएर कायपलट गर्ने चाहना रहको उनले बताए । एक सय ४० मेघावाटको तनहुँ हाइड्रो सम्पन्न गराएर एक सय २६ मेघावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण भइरहेको उनले बताए । 
 
कृषि, पर्यटन र ऊर्जाशक्तिको विकास गरेर उद्योग ग्राम र औद्योगिक क्षेत्रको स्थापना गराइ, लगानी भित्राएर गाउँगाउँमा साना–ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराइ स्वदेशमै रोजगारी तथा गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्न आफ्नो उम्मेदवारी रहेको बताए । 
 
ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए । श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनले जोड दिए । 
 
बुद्धसिंह मार्ग, भानु मार्ग, व्यास मार्गमालगायत सडकमा कालोपत्रे गर्न बाँकी भागमा कालोपत्रे गरिने नेता पौडेलले बताए । उनले अव्यवस्थित बसोबासीलाई चाडै नै लालपूर्जा प्रदान गर्ने योजना रहेको पनि बताए । गठबन्धन मुलुकलाई अग्रमनतिर लैजान गरिएको बताउँदै नेता पौडेलले प्रतिगामीलाई परास्त गर्न, सहिद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गरिएको स्पष्ट पारे । रासस

शेयर गर्नुहोस:

27
Shares