मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुस र युक्रेनबीचको युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि : राष्ट्रसंघ

रुस र युक्रेनबीचको युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि : राष्ट्रसंघ


किभ । रुस र युक्रेनबीचको युद्ध चर्किंदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ । 
 
संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदनअनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठूलो बोझ बालबालिकामाथि परेको युनिसेफले जनाएको छ ।
 
जारी आर्थिक मन्दीका कारण अहिले थप २८ लाख बालबालिका गरिबीको रेखामुनि रहेको बताइएको छ । यसैगरी  रोमानियामा पनि ११ लाख बालबालिका गरिबीमा बाँचिरहेको अल जजिराले उल्लेख गरेको छ । 
 
युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन्।’
 
यसले थप ४ हजार ५०० बालबालिकालाई आफ्नो पहिलो जन्मोत्सवअघि नै मृत्यु वरण गर्न विवश हुने र र यस प्रत्येक वर्ष विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या एक लाख १७ हजार पुग्ने गरेको अल जजिराले युनिसेफलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । 
 
हालै जारी भएको युनिसेफको अर्को प्रतिवेदनमा युक्रेनको युद्धमा झण्डै एक हजार केटा र केटी मारिएका वा घाइते भएको बताइएको  छ। लगभग छ महिनाअघि युद्ध बढेपछि युक्रेनमा कम्तीमा ९७२ बालबालिका हिंसाबाट मारिएका वा घाइते भएका छन् । 
 
करिब ६ महिनाअघि रुस–युक्रेन युद्ध सुरु भएको थियो । युक्रेनी शरणार्थी सङ्कटको पूर्ण दायरा मापन गर्न गाह्रो छ । यद्यपि दोस्रो विश्वयुद्धपछि युरोपमा यस पटक देखिएको शरणार्थी सङ्कट सबैभन्दा उच्च छ । 
 
यसैबीच, युक्रेनका लगभग हरेक बालबालिकाले गहिरो पीडादायी घटनाहरूको सामना गरेका छन् । हिंसाबाट भाग्नेहरू पारिवारिक विछोड, दुर्व्यवहार, यौन शोषण, थप आक्रमण र बेचबिखनको महत्त्वपूर्ण जोखिममा छन् । 
 
बढ्दो शत्रुताले शिक्षा प्रणालीलाई तहसनहस बनाएको छ । युनिसेफको अनुमान १० मध्ये १ विद्यालय क्षतिग्रस्त वा नष्ट भएको छ । विद्यालयहरूलाई द्वन्द्वमा प्रयोग गरिएको छ । जसले गर्दा परिवारहरूले आफ्ना बालबालिकाहरूलाई कक्षाकोठामा फर्काउन सुरक्षित महसुस गरेका छैनन् । संयुक्त राष्ट्रसंघ बाल कोषले तत्काल युद्धविरामको लागि आह्वान गरिरहेको छ । -एएनआई/रासस