मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जिबिएनसी निर्वाचनको तयारीमा जुट्यो

जिबिएनसी निर्वाचनको तयारीमा जुट्यो


बोस्टन, अमेरिका । अमेरिकाको मासाचुसेट्स राज्यमा बसोवास गर्ने प्रवासी नेपाली तथा नेपाली भाषीहरुको संगठन ‘ग्रेटर बोस्टन नेपाली समुदाय (GBNC-(Greater Boston Nepali Community) यतिबेला निर्वाचनको तयारीमा जुटेको छ। 
 
विधानअनुसार वर्तमान कार्यसमितिको दुईवर्षे कार्यकाल (२०२०-२०२२) सकिनै लागेकाले आगामी कार्यकाल (२०२२-२०२४)का लागि नयाँ कार्यसमिति चयन गर्न निर्वाचनमा जुटेको हो । संस्थाका अध्यक्ष मिलनकुमार कार्कीले दिएको जानकारीअनुसार कार्यसमितिले संस्थाको विधान बमोजिम आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न विरोचन नेपालको संयोजकत्वमा प्रेम तामाङ र भुवन गुरुङ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरी निर्वाचन सम्पन्न गर्न अख्तियारीसहित जिम्मेवारी सुम्पेको छ। 
 
निर्वाचनका सम्बन्धमा जानकारी दिँदै संस्थाका अध्यक्ष कार्कीले भने, ‘निर्वाचनको तयारी थालिसकेका छौँ। निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न मासाचुसेट्सवासी नेपाली, आप्रवासी नेपाली तथा नेपाली भाषी समुदायको सक्रिय सहभागिताको खाँचो छ। त्यसका लागि सबैलाई अनुरोध गर्दछौँ।’ उनले भने, ‘अहिले हामी निर्वाचनको प्रचारप्रसार गर्नमा र संस्थामा धेरैभन्दा धेरै नेपाली समुदायलाई आबद्ध गराउने अभियानमा जोड दिइरहेका छौँ ।’ 
 
संस्थाले दिएको जिम्मेवारीअनुसार निर्वाचन समितिले पनि आफ्नो काम सुरु गरिसकेको छ। समितिले संस्थाको विधानअनुसार यही सेप्टेम्बर २५, २०२२ तारिखका दिन निर्वाचन सम्पन्न गर्नेगरी सूचना जारी गरिसकेको छ। निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ। 
 
निर्वाचन समितिका संयोजक विरोचन नेपालले निर्वाचन तयारीका सम्बन्धनमा जानकारी दिदै भने, ‘संस्थाको विधानअनुसार निर्वाचन सम्पन्न गरेर संस्थाले दिएको जिम्मेवारी पूरा गर्नमा हामी निर्वाचन समिति प्रतिबद्ध छौँ। त्यसका लागि आवश्यक तयारीसमेत थालिसकेका छौँ’, उनले भने, ‘निर्वाचन सम्पन्न गर्न आवश्यक चरणबद्ध तयारीअन्तर्गत निर्वाचनसम्बन्धी सूचना जारी गर्नुका साथै निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेका छौँ।’ 
 
संयोजक नेपालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ सहयोगको अपेक्षा गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको सूचना र निर्वाचन कार्यतालिका यस प्रकार रहेको छ : 
 
१, आगामी दुई (२०२२-२०२४) वर्षको लागि हुन गइरहेको निर्वाचनमा निम्नानुसरको पद र संख्यामा निर्वाचन हुनेछ ।
 
अध्यक्ष : संख्या १, वरिष्ठ उपाध्यक्ष : संख्या १, उपाध्यक्ष : संख्या २, महिला उपाध्यक्ष : संख्या १, महासचिव : संख्या १. सचिव : संख्या १, कोषाध्यक्ष : संख्या १, सहकोषाध्यक्ष : संख्या १, सदस्य : संख्या २४
 
२, निर्वाचनमा चुन्न र चुनिनको लागी ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबि।एनसी)को सदस्यता अनिर्वायरूपमा लिएको हुनु पर्नेछ ।
 
३, आगामी दुई वर्षको लागि हुन गइरहेको निर्वाचनमा २३ सेप्टेम्बर २०२२ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी)को सदस्यता लिएका महानुभावहरू मात्र निर्वाचनमा चुन्न र चुनिनको लागि योग्य हुनेछन् ।
 
४,  २३  सेप्टेम्बर २०२२ सम्म ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी)को सदस्यता लिएका महानुभावहरूको नामावलीमाथि छानबिन गरी (जिबिएनसी)को कार्यसमितिले सम्पूर्ण सदस्यको विवरण र सदस्यता रसिदको अर्धकट्टी र सदस्यता शुल्कको विवरणसमेत २४ सेप्टेम्बर २०२२ सम्म निर्वाचन समितिलाई दाखिला गरिसक्नुपर्ने छ ।
 
५, ग्रेटर बोस्टन नेपाली कम्युनिटीको कार्यसमितिले बुझाएको सदस्यता नामावली निर्वाचन समितिले  २४ सेप्टेम्बर २०२२ का दिन दिउँसो ५ बजे निर्वाचन समितिको कार्यलयमा र जिबिएनसीको आधिकारिक फेसबुक पेजमा प्रकाशन गर्नेछ ।
 
६,  २५ सेप्टेम्बर २०२२ दिनको १ देखि २ सम्म मतदाता नामावलीउपर दाबी विरोध गर्न सकिनेछ ।
 
७,  २५ सेप्टेम्बर २०२२ दिनको २ः३० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।
 
८,  २५ सेप्टेम्बर २०२२ दिनको ३ देखि ४ बजेसम्म उम्मेदारी दाखिला गर्न सकिनेछ ।
 
९,  २५ सेप्टेम्बर २०२२ दिनको ४ः१५ मा उम्मेदवारी नामावली प्रकाशन गरिनेछ ।
 
१०, २५ सेप्टेम्बर २०२२ दिनको ४ः१५ सम्म उम्मेदारहरूको नामावलीमाथि दाबी विरोध ।
 
११, २५ सेप्टेम्बर २०२२ दिनको ४ः३० बजे उम्मेदारहरूको अन्तिम नामावली प्रकाशन ।
 
१२, २५ सेप्टेम्बर २०२२ दिन साँझ ५ बजेदेखि ७ बजेसम्म निर्वाचन ।
 
१३, निर्वाचन हुने स्थान :
 
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्डको भवन
 
१४, २५ सेप्टेम्बर २०२२ दिन साँझ ७ बजे निर्वाचन सम्पन्न भएपछि मतगणना र घोषणा ।
 
१५, निर्वाचन समितिको कार्यालय
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इङ्ल्यान्डको भवन
594 Washington St
Braintree MA 02184
United States मा तोकिएको छ । 
 
१६, निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कागजात निर्वाचन समितिको कार्यलयबाट प्राप्त गर्न सकिने छ ।
 
१७, उम्मेदवारी शुल्क अध्यक्ष १०० डलर, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्ष ५० डलर र सदस्यहरूलाई ३० डलर तोकिएको छ ।