काठमाडौँ । सत्ता गठबन्धन आबद्ध दलहरु आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमतिको नजिक पुगेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा द्विपक्षीय र त्रिपक्षीय छलफल भएको र छलफलको विषय साँघुरिँदै गएको गठबन्धनको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।
बैठकमा चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिबारेमा छलफल भएको बताइएको छ । दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबै दललाई सम्मानजनक र न्याय हुनेगरी कार्यदलले सिट बाँडफाँटको खाका बनाएको छ ।
कार्यदलले शीर्ष नेतृत्वलाई बिहीबार प्रतिवेदन बुझाउने भनिए पनि नेताहरुको व्यस्तताका कारण प्रतिवेदन बुझाउन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रपति कार्यालय, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल छुट्टछुट्टै कार्यक्रमका लागि भनेर निस्किएकाले शीर्ष नेताको बैठक बस्न सकेन ।
गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहएको कार्यदलले सिट बाँडफाँटका सम्बन्धमा हालसम्म विभिन्न चरणमा छलफल गरी सहमतिको नजिक पुगेको जनाएको छ ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र० बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् र
यसैगरी नेकपा (एकीकृत समाजवादी( बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुन् ।
प्रतिक्रिया