न्यूह्याम्सायर । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले सन् २०२२ को जुन महिनामा उभौली साकेलाको पावन अवसर पारी विश्वका विभिन्न देशहरूमा संगठित भएका किरात राईहरुको सामाजिक सांस्कृतिक संघसंस्थाहरूलाई गोलवद्ध गर्दै भर्चुयल “शुभकामना आदान(प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि भारतको सिक्किम राज्यका सम्माननीय पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेपाली साहित्यकार डा. पवन चाम्लिङ्ग राईलाई एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली(अमेरिकन किरात राईहरुको सांस्कृतिकरसामाजिक संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले गत २० अगष्ट, २०२२ का दिन अमेरिकाको न्युयोर्क शहरमा एक विशेष कार्यक्रमको आयोजना गरी भव्यरूपमा सम्मान गरेको छ।
पच्चीस वर्षसम्म सिक्किम राज्यको सत्तामा निरन्तर रही सिक्किमेली जनताको जिवनमा आमूल परिवर्तन ल्याउन सफल भएका कुशल राजनीतिज्ञ चाम्लिङ्ग राईले उक्त सम्मान समारोहलाई सम्बोधन गर्र्दै सम्पूर्ण नेपाली जाति र भाषीहरुको उन्नति र प्रगति समग्र एकतामा नै रहेको र आपसी सरसहयोग अनि सद्भावबाट मात्रै एकअर्काको बीचमा स्वाभिमानपूर्वक बाँच्ने वातावरणको सृजना गर्न सकिने विचार व्यक्त गरेका थिए ।
आफू सिक्किमको मुख्यमन्त्री रहँदा सिक्किम राज्यमा विभिन्न भाषाका स्कुलहरु, धार्मिक मठ-मन्दिरहरु, गुम्वा तथा गिर्जा घरहरू बनाएको स्मरण गर्दै किरातीहरुको सामूहिक मांडःखिम पहिलो पटक सिक्किममा नै निर्माण गरिएको बताए ।
उनले नयाँ कुरा गर्दा निकै बाधा अड्चनहरु आउने तर त्यसलाई निरन्तररूपमा इमान्दारीकासाथ कोसिस गरिरहँदा सफल भइने तर्क गर्दै सिक्किमलाई अर्ग्यानिक राज्य बनाउने संकल्प गर्दाका चुनौतीपूर्ण समयको सामना गरेको आफ्नो अनुभवसमेत सुनाए ।
अर्को एक प्रसङ्गमा किनी खानेभन्दा बेची खाने राम्रो, अझ आफैँ उत्पादन गरी अरुलाई समेत बचाउँदै बेची खानेहरु त झन् संसारकै असल मानिसहरु हुन् भन्दै हाल अमेरिकामा बसोवास गरिरहेका किरात तथा गैरकिरात नेपालीहरुलाई अमेरिकामा साह्रै सस्तोमा प्राप्त हुने धेरै भूमिको फाइदा उठाउँदै कृषि उपार्जनमा समेत लाग्न सुझाए । अन्तमा विशेष रूपमा आफ्ना नानीहरूको शिक्षामा ध्यान पुर्याउन सुझाव दिँदै समुचित शिक्षाबाट मात्रै राज्यको मूल प्रवाहमा समाहित हुन सकिने महत्त्वपुर्ण विचार व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार तथा केन्द्रीय पूर्वअध्यक्ष विष्णु राई, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष राजकुमार बिष्ट, नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का कार्यवाहक अध्यक्ष मच्छे गुरुङ, न्युयोर्कका मेयर एरिक एडम्सका एशियन अफेयर्स एडभाइजरी काउसन्सल मेम्बर हामी नेपाल ग्लोबलका उपाध्यक्ष तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स पेयर्स एसोसिएसनका अध्यक्ष नवराज केसीले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अमेरिकाका पूर्वअध्यक्ष, फिप्नाका पूर्वअध्यक्ष संस्थाका संस्थापक अध्यक्ष शिवकुमार राईले डा चामलिङ्गलाई अभिनन्दन गरे । संस्थाको ५ च्याप्टर कमिटीले अमेरिकाको पूर्वदेखि दक्षिण हुँदै पश्चिमी राज्यहरुसम्म आफ्नो सञ्जाल विस्तार गर्दै ६५ आजीवन सदस्यतासहित करिब ७०० सदस्यहरुलाई संस्थामा संग़ठित गरिसकेको जानकारी दिइयो ।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष जय राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्गनाइजेसनका केन्द्रीय उपाध्यक्ष केशवराम राईको संयोजकत्व रहेको थियो भने कानुनी सल्लाहकार सुरेश चामलिङ्ग राईले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया