काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएका छन् । उनले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गरे ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि संसदमा उनको राजीनामा मागिएको थियो । यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।
प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको हो ।
उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराए ।
Samitima Khagraj Adhikari, Devprasad Gurung, Pushpa Bhusal Gautam, Pradeep Gyawali, Bhanubhakta Dhakal, Vimla Vik, Laxmanlal Karna, Shakti Bahadur Basnet, Sarla kumari Yadav, Sitaram Mahato and Surendra Prasad Yadav members. समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ ।
समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियम, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।
करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराए ।
प्रतिक्रिया