ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आउँदो साधारण सभाको तयारी तीव्र गतिमा अघि बढिरहेको र संस्थाको ड्यामेज भएको छवी सुधारमा महत्वपूर्ण कोशेढुंगा हुने अपेक्षा पदाधिकारीहरुले लिएका छन् ।
संघका उपाध्यक्ष तथा ११ औं साधारण सभाका कन्भेनर सुमन थापाले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संस्थालाई बलियो बनाउने विषयमा सबै जना एक हुनुपर्नेमा जोड दिए । ‘हामीबीच व्यक्तिगत धारणाहरु अलग हुन सक्छन् । तर संस्थालाई बलियो बनाउन, यसको इज्जत प्रतिष्ठा बढाउने मामिलामा एक हुनैपर्छ’ उनले भने ।
यो सम्मेलनमा अहिलेसम्मका विवाद, असहमतिहरु अन्त्य हुने र संस्थाको छवी माथि उठाउन सहयोग पुग्ने समेत उनले बताए ।
आउँदो जुलाई ३ र ४ तारिक एनआरएनए अमेरिकाको साधारण सभा नर्थ क्यारोलाइना राज्यको रेले सहरमा हुँदैछ । यो सम्मेलनलाई ज्ञान, शीपलाई बाँड्ने स्थालको रुपमा एनआरएनले लिएको छ ।
कार्यक्रममा चारसय देखि ६ सयसम्म सहभागीता रहने अनुमान एनआरएनएले गरेको छ । सम्मेलनमा सहभागिताको लागि संस्थाले सदस्यहरुलाई अपिल समेत गरेको छ I
प्रतिक्रिया