मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्काउट फेलोसिपमा लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति

स्काउट फेलोसिपमा लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति


काठमाडौँ । नेपाल स्काउट एण्ड गाइड फेलोसिप नेपालको दोस्रो राष्ट्रिय अधिवेशनले श्रीराम लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 
 
काठमाडौँमा सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्ष द्वयमा तीर्थराज न्यौपाने र मञ्जु अर्याल, अन्तर्राष्ट्रिय आयुक्तमा बैकुण्ठ मरहठा, सचिवमा हरिबहादुर श्रेष्ठ, सहसचिव दिनेश पाण्डे, कोषाध्यक्ष बाबुकाजी डङ्गोल तथा सदस्यमा मुक्तिनाथ ढकाल, जहरसिंह थापा, पार्वती गिरी, आनन्दप्रसाद गुप्ता, दिनेश केसी र राजुराज सिंह रहेका छन् ।  
 
नेपाल स्काउटको अवकाशपछि आफूले हासिल गरेको अनुभव र ज्ञानलाई सामाजिक क्षेत्रमा लगाउने अवसरको रुपमा फेलोसिप अभियान उपयोगी रहेको अध्यक्ष लामिछानेले बताए । 
 
उनले स्काउटमा आवद्ध हुन चाहनेले राजनीतिबाट अलग रही विशुद्ध सामाजिक सेवाबाट प्रेरित रहेर काम गर्नुपर्ने बताए । 
 
सो अवसरमा चालु आर्थिक वर्षको कार्यक्रम र बजेट पारित गर्नुका साथै आगामी वर्षको कार्यक्रम  र योजना पनि पारित गरिएको थियो । फेसोसिप अभियानलाई अगाडि बढाउन विभिन्न व्यक्तिले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिएका थिए । 

शेयर गर्नुहोस:

1.2k
Shares