मस्को । युक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो ।
विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरणको निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समयअनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ सहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ । सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोवोसिबिस्र्क शहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो ।
दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो शहर मस्को र सेन्ट पिटर्सवर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो ।
रूसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो ।
रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो । बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा युक्रेनबारे रूसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १० हजार जना प्रदर्शनकारीहरू भेला भई पुटिनको कदमको विरोध गरेका थिए ।
सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए ।
पुटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गरेका थिए । एजेन्सी
प्रतिक्रिया