अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्यौलता थपिदैं गएका छन् । वुधवार वसेको एनआरएनए कार्यसमिति वैठकले विवाद र अन्यौलतालाई अरु वढाएको छ ।
सदश्यता शुल्क नतिर्ने ठुला चारवटा एनसीसी कार्यसमिति विघटन गर्ने, संरक्षण परिषद खारेजी गर्ने निर्णयले असमझदारीको दुरी बढ्दै गएको छ ।
यसै विच प्रमुख संरक्षक शेष घलेले एनसीसी अध्यक्षहरुको भेला वोलाउने तयारी गरेका छन् । आउने शनिवार वा आइतवार अहिलेको संकटका निकासका लागि प्रमुख संरक्षकले यस्तो भेला वेलाउन लागेको वताईएको छ ।
एनआरएनए कार्यसमितिको वैठकले शुल्क नतिर्ने एनसीसी केही दिन समय दिएर खारेज गर्ने भनिए पनि सम्वद्ध एनसीसीलाई भने यसको जानकारी दिईएको छैन ।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले हल्ला धेरै आएपनि आईसीसी बैठकको आधिकारिक निर्णय प्राप्त नभएको वताए । आईसीसी कार्यसमितिको उक्त वैठक नियम अनुसार वसेको नियमानुसार नढाकिएको आरोप पनि लगाईएको छ ।
विद्यानको व्यवस्था अनुसार प्रकृया पुर्याएर वैठक डाकिएको थिएन अमेरिकाज् क्षेत्रका उपक्षेत्रिय संयोजक रामसी पोखरेलले भने ।
सदश्यता शुल्क विवाद उठेका एनसीसीहरुले विद्यानमा कहिलेसम्म शुल्क तिर्नुपर्ने हो यो उल्लेख नभएको वताएका छन् । शुल्क कति समय भित्र तिर्नु पर्ने हो , नतिर्दा के हुन्छ भन्ने विद्यानमा उल्लेख छैन ती एनसीसीका पदाधिकारीले भने कार्यसमिति विघटन गुर्छ भन्नुनै मुर्खता हो ।
एनआरएनएका पछिल्ला निर्णयका वारेमा एकपछि अर्को विज्ञप्ति सामाजिक संजाल मार्फत आईरहेका छन् । एनआरएनए सल्लाहकार कुल आचार्यले संरक्षण परिषद खारेजी र एनसीसीलाई कारवाही दुवै निर्णयको कडा विरोध गरेका छन् । यी निर्णयले एनआरएनएलाई जटिलता तर्फ लगेको उनले वताएका छन् ।
सचिव गौरी जोशीले विद्यमान अप्ठ्यारोमा मिलेर जान आव्हान गरेका छन् । अमेरिकाज् क्षेत्रका एनआरएनए एनसीसी कार्यसमितिलाई सम्वोधन गर्दे जोशीले अहिलेको अप्ठ्यारो सल्टाउनका लागि अगाडी आउन अनुरोध गरेका छन् । यसका लागि पदिय हैषियत अनुसार एनसीसीहरुसंग होस्टेमा हैसे गर्न तयार रहेको धारणा सार्वजनिक गरेका छन् ।
अहिलेको विवादका वारेमा प्रधानमन्त्री शेरवहादुर देउवा समेत जानकार रहेको वताईएको छ ।













प्रतिक्रिया