मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नुहुँदैन : मन्त्री झाँक्री


चितवन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । चितवनमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । 
 
उनले भनिन्, “कि त सरकार छोडेर सडकमा जानु पर्‍यो । कि सरकारमा बसेर सडकमा जानु भएन ।” सत्ता पनि चाहिने, सरकारको काममा पनि विरोध गर्नुपर्ने हो भने यो विरोधाभाषपूर्ण कुराबाट सबै मुक्त हुनुपर्ने उनको भनाइ थियो । 
 
उनले थपिन्, “विरोधाभाष कुरा हुँदैन । पार्टीले  निर्णय गर्छ भने एक मिनेट सरकारमा बस्न मन छैन ।” सबै जिल्ला कमिटीलाई एमसिसीको विषयमा धारणा पठाउन आग्रह गर्दै उनले एमसिसी गलत भए आफूहरु ब्याक हुने बताइन् ।  
 
आफू अहिलेको सरकारको मन्त्री भएको भन्दै उनले सरकारले गरेको निर्णयविरुद्ध आफू जान नमिल्ने बताइन् । एमसिसी स्वीकार गर्दा र अस्वीस्कार गर्दा के हुन्छ भन्ने कुरामा सबैले बुझ्न जरुरी रहेको उनको भनाइ थियो । 
 
पार्टीको सचिवालयले एमसिसी यथास्थितिमा पास नगर्ने निर्णय गरेको भन्दै उनले यस विषयमा छलफल हुन जरुरी रहेको बताइन् । तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले संसदमा एमसिसी टेबुल गर्न चाहेको भन्दै उनले अहिले (नेकपा एमाले) को मौनताले केही असहज बनाएको बताइन् । रासस

शेयर गर्नुहोस:

405
Shares