मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमसिसी परियोजनामा जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड

एमसिसी परियोजनामा जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड


काठमाडौँ । सरकारले प्रतिनिधिसभामा पेस भएको एमसिसी परियोजनाका विशेषताबारे आमजनतालाई आश्वस्त पार्नुपर्नेमा वक्ताले जोड दिएका छन् ।
 
गामा नेपालले आयोजना गरेको छलफल कार्यक्रममा परियोजनाबारे देखा परेका आशङ्का तथा भ्रमलाई मेटाउन विज्ञको सहभागितामा बहस, छलफल, अन्तरक्रिया, गोष्ठीलगायतबाट नागरिकलाई विस्तृत जानकारी गराउनुपर्नेमा समाजका विभिन्न पक्षबाट सुझाइएको हो ।
 
ऊर्जा परिषद्का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले देशमा आगामी केही वर्षभित्रमा करिब तीन हजार मेगावाट विद्युत् उत्पादन हुने र त्यसलाई बिक्री गर्न करिब ३१२ किमी प्रसारण लाइन निर्माण गर्न परियोजनाको महत्त्व रहेको भन्दै त्यसो गर्नसकेमा विद्युत् बिक्री भई मुलुकको आम्दानी वृद्धि हुने बताए । 
 
एक हजार मेगावाटले ५५ अर्ब आम्दानी गर्नसक्ने बताउँदै उनले स्वदेशी जनशक्ति तथा लगानीबाट यस तहको परियोजना तत्काल सम्भव नरहेकाले स्थगन गर्न नहुनेमा जोड दिए । 
 
बैंकर मनोज ज्ञवालीले जलविद्युत् क्षेत्रमा भइरहेको लगानीमा बैंकिङ क्षेत्रको करिब ७० प्रतिशत लगानी रहेकाले स्वदेशमा उत्पादन हुने विद्युत् बाह्य देशमा बिक्री गर्न आवश्यक पूर्वाधार बनाउन नसकिएमा बैंकिङ अवस्था बिग्रने तथा वित्तीय मन्दी आउन सक्ने विचार व्यक्त गर्दै सरकारले यसका राम्रा तथा नराम्रा पक्षबारे जनतालाई बुझाउनुपर्ने बताए । 
 
विदेश मामिलाका जानकार डिबी सुनारले यस परियोजनामा अनावश्यक राजनीतिकरण भएका कारण कूटनीतिक क्षेत्रमा नेपाल कमजोर हुँदै गएकाले सरकारले छिमेकीसँग सन्तुलित भई आ–आफ्नो हितलाई हेर्नुपर्ने बताए । रासस

शेयर गर्नुहोस:

270
Shares