मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा घट्दै कोरोना, आइतबार ५२१ जनामा सङ्क्रमण पुष्टि

नेपालमा घट्दै कोरोना, आइतबार ५२१ जनामा सङ्क्रमण पुष्टि


काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण घट्दै गएको छ । देशभर पछिल्लो २४ घन्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ११५ को नमुना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पिसिआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
गत २४ घन्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।  कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घन्टामा ५६ हजार १२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  
 
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियूमा १८१ रहेको छ । होम आइसोलेसनमा २१ हजार ६९२, संस्थागत आइसोलेसनमा ८९२ र क्वारेन्टिनमा ११८ रहेका छन् । काठमाडौँ उपत्यकामा आइतबार १५० मा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा सात हजार ९७, ललितपुर ४४ र भक्तपुरमा नौ जनामा सङक्रमण देखिएको छ । 
 
हाल देशभर कुल तीन करोड ५३ लाख १५ हजार ७१५ खोप लगाइएको मन्त्रालयले जनाएको छ । हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ । रासस 

शेयर गर्नुहोस:

297
Shares