मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँमा परीक्षण गरिएकामध्ये ६० प्रतिशत नागरिकमा कोरोना पुष्टि

काठमाडौँमा परीक्षण गरिएकामध्ये ६० प्रतिशत नागरिकमा कोरोना पुष्टि


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेकामध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्ररुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएकामध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको कामपाको भनाइ छ । 
 
कारोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ । अहिले परीक्षण दर पनि बढेको छ  दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउँछन् ।  
 
सङ्क्रमण बढे पनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आए पनि तयारी अवस्थामा रहेको  कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । 
 
उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यसपटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ । 
 
डङ्गोलले भने, “हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ”, “हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक प¥यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौँ ।”  
 
महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । रासस

शेयर गर्नुहोस:

567
Shares