मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँमा सामूहिक बलात्कार : नौ आरोपी पक्राउ

काठमाडौँमा सामूहिक बलात्कार : नौ आरोपी पक्राउ


काठमाडौँ । महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।  
 
उनका अनुसार घटनाबारे मङ्गलबार अपराह्न ३ बजे प्रहरीमा जानकारी आएको थियो । उजुरी परेलगत्तै खोजतलास र अनुसन्धानमा निस्किएको प्रहरीले त्यसको पाँच घण्टा नबित्दै राति ८ बजे एक जनालाई पक्राउ गरेको थियो ।   
 
उनीसँगको बयान र थप अनुसन्धानका क्रममा त्यसको तीन घन्टापछि मंगलबार राति ११ बजेसम्ममा सात जना नियन्त्रणमा लिएको मैनालीले जानकारी दिए ।  
 
उनका अनुसार थप खोजतलासका क्रममा बुधबार बिहान ९ बजेतिर एक जना र अपराह्न ४ बजे थप एक गरी अहिलेसम्म नौ जना आरोपी पक्राउ परेका छन् । उनीहरुले एक गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ । 
 
उनको स्वास्थ्य परीक्षणसमेत गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ । रासस

शेयर गर्नुहोस:

2.3k
Shares