काठमाडौँ , देशभर पछिल्लो २४ घन्टामा थप २७१ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १० हजार ८८६ को पिसिआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पिसिआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५२२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १५१ पुगेको छ । पछिल्लो समय थप २२५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घन्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ ।
पछिल्लो समय पाँच लाख ६८ हजार ३१९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९३१ छ । रासस
प्रतिक्रिया