मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लमजुङमा जीप दुर्घटना : तीनजनाको घटनास्थलमै मृत्यु

लमजुङमा जीप दुर्घटना : तीनजनाको घटनास्थलमै मृत्यु


मजुङ । मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै बिहीबार बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।  
 
सो जीपमा मर्स्याङ्दी–९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका लागि रहेका थिए । सो दुर्घटनमा आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।  
 
उनका अनुसार मृत्यु हुनेमा कपिलबस्तु बाडनिय गाउँपालिका–८ घर भई साही  विद्यालयका शिक्षक ३८ वर्षीय कमल राना थापा, मर्स्याङ्दी–९ का सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ छात्रा प्रमिसा गुरुङ, कक्षा ६ मा अध्ययनरत १२ वर्षीय गणेश भण्डारी छन् । उनीहरुको जीपमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
दुर्घटनामा चालकसहित आठ घाइते भएका छन् । घाइतेको स्थानीय र प्रहरीले उद्धार गरी बेंसीशहर नगरपालिका– ८ स्थित जिल्ला अस्पताल लमजुङमा ल्याइएको छ । 
 
घाइतेमध्ये चालक र १४ वर्षीय विद्यार्थीलाई भने अस्पतालले रिफर गरेर भरतपुर लैजाँदै गरेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । अन्य छ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ । 
 
घाइते आठ जनाकै पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको टाउको, अनुहार, हातखुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । तीन जीपमा शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणका हिँडेका थिए । रासस

शेयर गर्नुहोस:

108
Shares