मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थपिए १०४३ सङ्क्रमित, १२ जनाको निधन

बुधबार थपिए १०४३ सङ्क्रमित, १२ जनाको निधन


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा बुधबार एक हजार ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो । 
 
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार १९४ पुगेको छ । 
 
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । आज ८९१ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७२ हजार २२९ रहेको छ । 
 
नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ । बुधबार ५९ हजार ३७६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 
 
यस्तै अहिलेसम्म ७९ लाख ६२ हजार ६४७ ले पहिलो मात्रा र ६४ लाख १९ हजार ४८० ले पूर्ण मात्राको खोप लगाएका छन् । रासस
 

शेयर गर्नुहोस:

27
Shares