मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार ८३४ मा कोरोना सङ्क्रमण, नौ जनाको मृत्यु

आइतबार ८३४ मा कोरोना सङ्क्रमण, नौ जनाको मृत्यु


काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
 
आठ हजार ५८९ जनाको पिसिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार २७९ जना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा नौ सङ्क्रमितको मृत्यु भएको छ ।
 
देशभर १९ हजार १४२ जना सक्रिय सङ्क्रमित छन् । सत्र हजार ८१३ होम आइसोलेशनमा तथा एक हजार ३२९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ३६८ सघन कक्षमा र १२० जना भेन्टिलेटरमा छन् ।
 
देशभर २३० सङ्क्रमित क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा देशभर एक लाख दुई हजार ३०१ ले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

शेयर गर्नुहोस:

189
Shares