मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार थपिए १५६२ सङ्क्रमित, १९ जनाको निधन

मंगलबार थपिए १५६२ सङ्क्रमित, १९ जनाको निधन


काठमाडौँ । नेपालमा मंगलबार एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घन्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९ दशमलव तीन प्रतिशत पुगेको छ । 
 
हाल सक्रिय सङ्क्रमित २६ हजार २०२ रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० रहेका छन् । यस्तै आज एक हजार ५८९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ सङ्क्रमति सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ । 
 
यस्तै, सङ्क्रमणबाट विगत २४ घन्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७० दशमलव दुई जनाको कोरोना सङ्क्रमणबाट निधन हुने गरेको छ । 
 
हाल ४५३ सघन उपचार कक्ष (आइसियू), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् । आज ८८ हजार १८४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ७७ हजार ७९ जनाले पहिलो मात्र र ५२ लाख ४३ हजार २३६ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । रासस  
 
 

शेयर गर्नुहोस:

0
Shares