मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि

जापानमा बालबालिकाको आत्महत्याका घटनामा वृद्धि


टोकियो । जापानका बालबालिकाद्वारा आत्महत्या हुने घटनामा वृद्धि भएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण विद्यालयहरू बन्द भएकाले बालबालिकाले गर्ने आत्महत्याका घटनामा वृद्धि भएको विश्लेषण गरिएको छ । 
 
बालबालिकाले गर्ने आत्महत्याका घटना कसरी न्यूनीकरण गर्ने भन्नेबारेमा अहिले सरोकारवालाहरूलाई ठूलो चिन्ताको विषय भएको छ । कोरोना भाइरसको त्रास अघिल्लो वर्ष धेरै भए पनि बालबालिकाद्वारा भएका आत्महत्याका घटना यसवर्ष बढी देखिएका छन् ।  
 
विद्यालय जान नपाउँदा, बाहिर घुमफिर, हिँडडुल, खेलकुद गर्न नपाउँदा बालबालिकाहरूमा मानसिक समस्या भएर आत्महत्याका घटना बढेको हुनसक्ने विज्ञहरूले बताएका छन् । 
 
अघिल्लो वर्ष ४९९ बालबालिकाले आत्महत्या गरेकोमा यसवर्षको अहिलेसम्म पनि अघिल्लो वर्षको भन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् । 
 
लामो समयसम्म घरमा बस्नुपर्ने बाध्यताले यस्ता घटनाहरू बढेको विश्वास गरिएको छ । विज्ञहरूले बालबालिकाको मनोविज्ञानको ठीक व्यवस्थापन तथा उपचारमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सिन्ह्वा