मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

अमेरिका क्षेत्र संयोजकमा नविन शेरचनले उम्मेदवारी दिने

अमेरिका क्षेत्र संयोजकमा नविन शेरचनले उम्मेदवारी दिने


शेयर गर्नुहोस:

783
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- एनआरएनए अमेरिका क्षेत्र क्षेत्रिय संयोजकमा नविन शेरचनले उम्मेदवारी दिने भएका छन् । उनी यस अघि उप क्षेत्रिय संयोजक भई एक कार्यकाल काम गरेका थिए ।
 
मैले सहमतिका लागि वर्तमान कार्य अवधिका लागि उपसंयोजक भएपनि क्षेत्रिय संयोजक पदमा उम्मेदवारी दिईन शेरचनले हिमालयखवरसंग भने यस पटक भने केही दिनमै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै छु ।
 
क्षेत्रिय संयोजकको काम आईसीसी र एनसीसीहरु विच पुलको भुमिका खेल्ने हो शेरचनले भने अहिले त्यो पुलमा जुन समस्या आईरहेका छन यसलाई केही कम गर्न सक्छु भन्ने लागेर मैले उम्मेदवारी दिन लागेको हुं ।
 
एनआरएनए भित्र संस्थागत रुपमा थुप्रै क्षेत्रमा सुधार गरेर लैजानु पर्ने देखिएको छ शेरचनले भने यसलाई विदेशमा वस्ने सवै नेपालीको सांझा संस्थाका रुपमा अझ प्रभावशाली वनाउनु पर्ने आवश्यकता छ ।
 
शेरचन न्यूयोर्कमा व्यवसाय गर्दै आएका छन् । म एनआरएनए अमेरिकाको स्थापना देखिनै सकृय छु, सहमति र सहकार्यका लागि सवैसंग मिलेको छु शेरचनले भने त्यसैले अहिलेपनि मेरो उम्मेदवारी कुनै गुट उपगुटको भन्दापनि एनआरएनएको पक्षमा हो ।
 
आईसीसीमा प्रतिनिधित्व गर्ने डेलिगेट विवादको अव स्थायी समाधान खोज्नु पर्ने शेरचनले वताए । संस्थाको हित भन्दा पनि आफ्नो र आफ्नो गुटको स्वार्थ अनुकुल डेलिगेट वनाउने प्रवृत्तिले समस्या आएको हो शेरचनले भने यसको दिर्धकालिन समाधान खोज्नु पर्छ ।
 
अहिले अमेरिकमा देखिएको आईसीसी डेलिगेट विवादमा नेतृत्वमा जो जो वसे बसेका छन उहांहरुले जिम्मेवारी लिनु पर्छ, आम सदश्यलाई जवाफ दिनु पर्छ, शेरचनले भने ।

शेयर गर्नुहोस:

783
Shares