न्युयोर्क(अमेरिका)- ‘माछा बजार जस्तो’ यो एनआरएनए एनसीसी अमेरिकाको न्यूर्योकमा आयोजित बार्षिक साधारण सभाको उद्घाटन सत्रमा भएको विवाद प्रति टिप्पणी गर्दै प्रेषित गरिएको प्रतिकृया हो ।
हिमालयखवरले एनआरएनए अमेरिकाको उक्त साधारण सभा र त्यहाँ भएको हो हल्ला र विवाद हुदैं गर्दा करिव ४० मिनेटको भिडियो हिमालयखबर डटकमको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण देखाएको थियो । उक्त भिडियो अहिलेसम्म ५ लाख ५७ हजारले हेरेका छन् । उक्त भिडियोमा आज बुधबार बिहान ८ बजे सम्म ३ हजार ३ सय भन्दा वढी प्रतिकृया आएका छन् ।
अधिकांश प्रतिकृयामा साधारण सभामा भएको उक्त विवाद प्रति व्यंग्य गरिएको छ । ‘यस्तो संस्था वन्द गरिदिए हुन्छ’एक जनाको प्रतिकृया छ ।
अधिकांशले नेपालीको पारा जहाँ गएपनि उस्तै भन्ने आशयको प्रतिकृया दिएका छन् । ९९ प्रतिशत भन्दा वढी प्रतिकृयामा उक्त हो हल्लाको विरोध गरिएको छ । धेरेले नेपाली राजनीतिलाई समेत जोडेर प्रतिकृया दिएका छन् । हो होल्ला गर्ने प्रति व्यंग्य। गर्दै भनिएको छ, उहाँहरु अव नेपालको राजनीतिमा जान योग्य हुनुभएको छ ।
केही प्रतिकृयामा एनआरएनए अमेरिकालाई सुध्रिन आग्रह पनि गरिएको छ । गणेश पनुले लेखेका छन् ‘यूरोप या अमेरिकामा वस्ने नेपाली भन्दा नेपालमै वस्ने नेपाली धेरै विकसित छन् ।’ त्यस लगत्तै शंकर घिमिरेको प्रतिकृया छ ‘नेपाली भएको प्रमाण दिएछन अमेरिमा गएर पनि ।’ यस्ता थुप्रै प्रतिकृयाहरु त्यहाँ आएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई कतिखेर सपथ खुवाउने भन्ने विषयमा विवाद भएको थियो । एनआरएनए अमेरिका अध्यक्ष र सभा व्यवस्थापन समितिले गल्ती गर्दा समस्या आएको थियो । निर्वातमान कार्यसमिति असफल भई विदा भएको छ ।
यो हो हल्लाले साधारण सभानै ओझेलमा पर्यो । यसपछि पनि स सानो समुहमा त्यहां भएको कार्यप्रति टिकाटिप्पणी, विवाद भईरहेका थिए । साधारण सभामा के भयो, नवनिर्वाचित कार्यसमितिले के गर्यो यो औपचारिक रुपमा अहिलेसम्म सार्वजनिक भएको छैन ।
प्रतिक्रिया