अमेरिका- एनआरएनए आईसीसीको चुनावमा मतदान गर्ने प्रतिनिधीले तिर्नु पर्ने शुल्क पहिले भन्दा घटाई निर्धारण गरिएको छ । आईसीसीको जुन २० मा वसेको अन्तराट्रिय कार्यकारी सचिवालय बैठकले अमेरिकावाट मतदानमा सहभागि हुने डेलिगेटले ५० अमेरिकी डलर तिरे पुग्ने भएको छ । यस अघि यस्तो शुल्क २ सय अमेरिकी डलर थियो ।
अमेरिकावाट करिव २ सय जना डेलिगेट हुन्छन् । बैठकले मध्यपुर्व र मलेसियाका लागि भने डेलिगेटले तिर्नु पर्ने शुल्क २५ अमेरिकी डलर तोकेको छ ।आईसीसी महासचिव हेमराज शर्माद्धारा जारी पत्रमा प्रतिनिधिहरुवाट मनोनयन शुल्क वा अन्य प्रकारको शुल्क लिन नपाइने समेत निर्णय भएको उल्लेख छ ।
यस पटक अनलाइन भोटिगंमा जाने तयारी भईरहेको छ । अहिलेसम्मको तयारी अनुसार निर्वाचन केही महिना पछि गर्ने कार्यक्रम छ । वर्तमान कार्यसमितिको कार्यकाल आउने अक्टोबर महिनामा सकिन्छ । यस अनुसार अक्टोबर महिनामा नयां नेतृत्वका लागि चुनाव गर्ने कार्यक्रम छ । तर, यसको टुंगो लागेको छैन । नयां नेतृत्वका लागि प्रचार प्रसार भने शुरु भईसकेको छ ।
प्रतिक्रिया