टेक्सस(डयलास)- अर्भिगंको बेल्टलाइन रोडमा ह्यागंआउट रेष्टुरेण्ट एण्ड स्पोर्टस क्लवको शुक्रवार देखि आशिंक रुपमा संचालन सफ्ट ओपनिगं हुने भएको छ । करिव १३ लाख अमेरिकी डलर रहेको यो क्लवमा नेपाली युवाहरुको लगानी छ ।
यो अमेरिकन स्पोर्टस रेष्टुरेण्ट एण्ड बार हो I लगानीकर्ता मध्येका एक बचन तिवारीले भने हामीकहां बार वाहेक अमेरिकीन, मेक्सिकन र नेपाली खानाको स्वाद लिन सकिन्छ र हामीले नेपाली लगायत सवै प्रकारका ग्राहकलाई केन्द्रित गरेर यो क्लव खोलेका हौं ।
एक पटकमा करिव २१५ जनाले बसेर खान सक्ने, प्राइभेट लाउन्च लगायतका सुविधा उक्त क्लवमा छन । ‘१२ हजार वर्ग फिटमा फैलिएको यो क्लबमा ८ वटा पुल टेवल, टेवल टेनिस, फूस बल लगायतका खेल खेल्दै बारको सुविधा लिन सकिछ’, अर्का लनानीकर्ता प्रज्वल क्षेत्रिले भने ।
अर्भिगंमा यस प्रकारको सुविधा भएको स्पोर्टस क्लव यो मात्र रहेको उनीहरुले वताए । यस ठाउं वरपरका लागि यो युनिक कन्सेप्ट हो उनीहरुले भने यहां यस्तो बार थिएन त्यही आवश्यकता हेरेर हामीले लगानी गरेका हौं ।
कन्सर्ट लेभलको साउण्ड सिस्टम भएकाले लाइभ म्युजिक लगायतका सुविधा थप गर्दै जाने उनीहरुले वताए ।
जुलाईको पहिलो साता देखि यो क्लव पुर्ण रुपमा संचालनमा आउने उनीहरुले वताए । यो लगानीलाई सिटीका मेयरले पनि सकरात्मक रुपमा लिएको उनीहरुले वताए ।
प्रतिक्रिया