मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

युरोपमा सफलतापछि नेपाली उद्यमीको ‘आई डु मी’ ब्राण्ड अमेरिकी बजारमा

युरोपमा सफलतापछि नेपाली उद्यमीको ‘आई डु मी’ ब्राण्ड अमेरिकी बजारमा


अमेरिका । नेपाली महिला उद्यमी गृष्मा सिटौला ‘क्लिन स्किन, क्लिन प्लानेट’ भन्ने नारासहित आईडुमी ब्राण्ड लिएर अमेरिकी बजारमा आएकी छन् । 
 
सौन्दर्य इन्डष्ट्रीले प्रयोग गर्ने मिश्रण र क्लिन लेभल लगाएर बचिने सामग्रीप्रतिको लामो स्वअध्ययन, अनुसन्धान, रसायनशास्त्रीहरुसँग निरन्तर परामर्श गर्नुका साथै वातावरण प्रदूषणप्रति आफ्नो चेतना आतमसात् गर्दै छालाको नियमित हेरचाह र स्याहारका लागि ‘आई डु मी’ व्युटी ब्राण्ड स्किन केयर सामग्री बजारमा लिएर आएकी छन् । 
 
उनले केमिस्टहरुसँग मिलेर एउटा यस्तो प्रोडक्ट निकालेकी छन् कि जुन बोटलरहित एउटा साबुनको बारको रुपमा रहेको छ । यो उत्पादन एउटा साबुनको रुपमा भए पनि यसले अनुहारमा फोम मास्कको रुपमा पनि प्रयोग गर्न सकिन्छ । जसले अनुहारमा रहेका साना दाग, डन्डिफोरलाई हटाएर छालालाई स्वास्थ, चम्किलो, मुलायम र दागरहित बनाउँछ।
 
उनको भनाइअनुसार, उनको प्रोडक्टमा प्राकृतिक तथा वातावरणमैत्री सामग्रीहरूको प्रयोग गरिएको छ। उनले यूरोपियन युनियनको स्टायन्डर्ड पालना गरेकी छन् । उनको उत्पादनमा  प्लाष्टिकजन्य कुनै पनि कच्चापदार्थको प्रयोग गरिएको छैन । 
 
उनी भन्छिन, ‘ प्लाष्टिकजन्य कुनै पनि बस्तु तथा सामग्री, वातावरण प्रदूषणको मुख्य कारण हुन। प्लाष्टिकजन्य बस्तुलाई एकचोटि  प्रयोग गरेर फालेपछि, त्यसलाई कुहिन बर्षौं लाग्छ। यो नकुहीकन वर्षौंसम्म यथाववस्थामा  रहने भएकाले, जलचर तथा भूचर प्राणीको जीवन चक्रमा ठूलो असर पर्दछ ।
 
उनले वातावरण(संरक्षण  गर्ने  उत्तम नमुना आफनो प्रोडक्टको प्याकेजमा पनि दर्शाएको छिन।  जहाँ प्लाष्टिकको कुनै प्रयोग भएको छैन। प्लाष्टिकको प्रयोगविनै, आकर्षक ढङ्गले आफनो प्रोडक्ट(प्याकेज डिजाइन गरेकी छिन्। 
 
हाल उनको  प्रोडक्ट अमेरिका बजारमा सुलभ तरिकाले उपलब्ध छ र अनलाईन www.idomebeauty.co  मार्फत सजिलै किन्न सकिन्छ साथै सिपिङ फ्रि रहेको छ। उनी छिट्टै नेपाली बजार अनि बिदेशी बजारमा उपलब्ध गराउन प्रयासरत छिन । ‘आई डु मी’ प्रोडक्टसम्बन्धी जानकारी ‘आई डु मी’ को फेसबुक पेजमा अनि वेब साइटमा उपलब्ध छ।
 

शेयर गर्नुहोस:

2.7k
Shares