न्युयोर्क (अमेरिका)- गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले ३४ औं पटक निशुल्क खाद्यान्न वितरण गरेको छ । मार्च ९ तारिखका दिन गरिएको खाद्यान्न वितरण न्युयोर्क शहरको क्वीन्स बोरो स्थित क्वीन्स टुगेदर संस्थाका सह–संस्थापक जनाथन फरगाससंगको सहकार्यमा गरिएको फाउण्डेसनका अभ्ध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।
खाद्यान्न वितरणबाट विभिन्न समुदायका तीन सय ७५ जना लाभान्वित भएको बताइएको छ । खाद्यान्न अन्तर्गत दुध, दही, स्याउ, चिकन, मिटबल्स, चिज, प्याज, आलु र गाज लगाउत रहेको अध्यक्ष घिमिरेले बताए । खाद्यान्न वितरणका लागि न्युयोर्कको क्वीन्सकासाड।टेम्बा शेर्पा, ढापा बुडा मगर, गणेश श्रेष्ठ, डेभिन क्लोस लगायत खटिएका थिए ।
सो कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामा, सदस्यहरु रामचन्द्र अधिकारी, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवर क्षेत्री लगायत पिक्स ११ न्युजकी टेलिभीजन संवददाता मोनिका मोरालेसको पनि उपस्थिती रहेको थियो ।
फाउण्डेसनले गर्यो कराँते खेलाडीलाई स्वागत , न्युयोर्कमा कराँते स्कुल खोलिने:
गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिकाले नेपालका अन्तर्राष्ट्रिय कराँते खेलाडीद्वय जनकसिंह खड्का र सुनिल लामालाई स्वागत गरेको छ । मार्च १३ तारिखका दिन न्युयोर्कको क्वीन्सस्थित आफ्नै कार्यालयमा भएको एक कार्यक्रममा संस्थाका अध्यक्ष सोमनाथ घिमीरेले खेलाडीलाई स्वागत गरेका थिए ।
फाउण्डेसनका सदस्य राजेश आचार्य, भोईस फर युथका संस्थापक-कार्यक्रम निर्देशक छिरिड। लामा योन्जन लगायतले कराँते खेल र समसामयिक विषयमा अन्तरक्रिया गरेका थिए । खेल र स्वास्थ्य एकअर्कासँग सम्वन्धित भएकाले यसलाई सँगसँगै अगाडि बढाउने उद्देश्य अनुसार छिट्टै न्युयोर्कमा कराँते स्कूल खालिने जानकारीपनि गराईको थियो । कैलालीको धनगढी घर भएका जनकसिंह खड्का राष्ट्रिय खेलकुद परिषदका पूर्व प्रशिक्षक समेत हुन् ।
खड्काले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदकहरु पनि जितिसकेका छन् । उनले पछिल्लो पटक सन् २०१६ मा हंगेरीमा आयोजित अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।
अर्का अन्तर्राष्ट्रिय कराँते खेलाडी सुनिल लामाले सन् २०१० मा बंगलादेशमा आयोजना भएको ११ औं सागमा स्वर्ण पदक जितेका थिए र नेपालको प्रतिनिधित्व गर्दै लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई थुप्रै पदकहरु पनि जितिसकेका छन् ।
प्रतिक्रिया