न्युयोर्क(अमेरिका)- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले आफ्नो आगामी रोडम्याप तयार पारेको छ । जनवरी १६ मा सम्पन्न फिप्नाको संघीय परिषद बैठकमा प्रस्तुत गरिएको आगामी कार्ययोजना सहितको रोडम्याप पारित भएको हो । परिषदको बैठकमा कार्यसमितिको तर्फबाट फिप्नाका अध्यक्ष लोक चेम्जोङले कार्यक्रम प्रस्तुत गरेका थिए । बैठकले फिप्नाले आगामि कार्यक्रमलाई थप प्रभावकारी बनाउने निष्कर्ष समेत निकालेको छ ।
कोरोना महामारीका कारण भर्चुअल रुपमा सम्पन्न बैठकले महासचिव र कोषाध्यक्षले फिप्नाको कार्यसमितिको तर्फबाट प्रस्तुत आर्थिक र सांगठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको फिप्नाका अध्यक्ष चेम्जोङले जानकारी दिए । त्यसैगरि बैठकले आगामी रणनीति र बैचारिक मार्गचित्र पनि पारित गरेको छ । फिप्नाको आगामी मार्गचित्रमा आदिवासी जनजातीहरुको आन्दोलन, विभिन्न जाती तथा वर्गको सामाजिक, शैक्षिक र आर्थिक पहुंच र उनीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
त्यसैगरि फिप्नाको कार्यक्षेत्रलाई विस्तार गर्दै नेपाली अमेरिकन आदिवासी जनजातिहरूको पेशागत संगठनहरूलाई गोलबद्व गर्दै युवा, विद्यार्थी, महिला पत्रकारहरू, कलाकार,कानुन व्यावसायी साहित्यकार लगायतका पेशागत व्यक्तिहरुलाई समेट्दै एकीकृत शक्ती निर्माण गरिने जनाइएको छ । बैठकले न्युयोर्कमा नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्र स्थापना गर्ने निर्णयपनि पारीत गरेको छ । यसको उद्धेश्य नेपाली अमेरिकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला, साहित्य, इतिहास, भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन नेपालप्रतीको चासो र आकषण बृद्धि गराउने रहेको जनाइएको छ ।
प्रतिक्रिया