नयाँ दिल्ली । कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रबुद्धहरूको केन्द्र (सिएमआइई) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।
सोमबार साँझ जारी गरिएको सिएमआइईको तथ्यांकका अनुसार यस पहिले कृषि क्षेत्र मजबुत हुने संकेत देखिएको भए पनि अक्टुबरमा यस क्षेत्रको बेरोजगारी बढेको छ ।
सहरी क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ८.४५ रहेकोमा अक्टोबरमा ७.१५ प्रतिशतमा झरेको छ ।
त्यस्तै ग्रामीण क्षेत्रको बेरोजगारी दर सेप्टेम्बरमा ५.८६ प्रतिशत रहेकोमा अक्टोबरमा ६.९० पुगेको केन्द्रले बताएको छ ।
रोजगार सङ्ख्याको विपरीत अक्टोबरमा सामान तथा सेवा कर सङ्कलनमा फेब्रुवरीपछि उच्च रहेको र सन् २०१९ को अक्टोबरको तुलनामा १०.२ प्रतिशतले वृद्धि भएको बताइएको छ । सिन्ह्वा












प्रतिक्रिया