मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

इजरायलले पनि परीक्षण सुरु गर्‍यो कोरोना भाइरसविरुद्धको खोप

इजरायलले पनि परीक्षण सुरु गर्‍यो कोरोना भाइरसविरुद्धको खोप


जेरूसेलम । इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । 

“हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौँ,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अबिब नजिकै शेवा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भने ।  

Advertisement

महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आइआइबिआर) लाई कोभिड–१९ भाइरसविरूद्ध खोप विकास गर्न निर्देशन गरेका थिए । 

खोपको सुरुवात शेवा मेडिकल सेन्टर र जेरूसेलमको हद्दास मेडिकल सेन्टरमा कार्यरत दुई स्वयम्सेवकहरूलाई दिएर आइतबार गरिएको हो । 

इजरायलले पहिलो चरण ८० जनामा खोपको परीक्षण गर्नेछ भने दोस्रो चरणमा ९८० जनामा परीक्षण गर्नेछ र अन्तिम चरणमा अप्रिल वा मेसम्ममा तेस्रो अर्थात् अन्तिम परीक्षण २५ हजार व्यक्तिमा गर्ने बताइएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार इजरायली परीक्षण विश्वव्यापी रूपमा परीक्षण भइरहेका अग्रणी ४० खोपहरुमध्ये एक हो ।

इजरायलमा अहिलेसम्म कूल तीन लाख १४ हजार व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने दुई हजार ५४१ व्यक्तिको मृत्यु भएको छ ।

इजरायलले आइतबारदेखि प्राथमिक तहमा पढ्ने विद्यार्थीका लागि आफ्नो पढाइका लागि विद्यालय जान अनुमति प्रदान गरेको छ । एएफपी

 

शेयर गर्नुहोस:

0
Shares