बाढीमा दिवंगत भएकाहरूको स्मृतिमा शान्ति पाठ र दीप प्रज्वलन

कोलोराडो, अमेरिका । मातृभूमि नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपदमा दिवंगत आत्माको चिरशान्तिको कामना, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन तथा गुरूहरूद्वारा शान्ति पाठ गर्ने कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ कोलोराडो च्याप्टरको अगुवाइमा तथा कोलोराडोमा रहेका सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूको सहकार्य र…