श्रीकृष्ण प्रणामी हिन्दु समाज टेक्सस तथा ब्लड डोनर्स अमेरिकाको संयुक्त सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्टर ब्लड सेन्टरले प्राविधिक सहयोग प्रदान गरेको रक्तदनमा ३५ जनाले रक्तदान गरेका थिए । समाजका सामाजिक उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज अधिकारीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमलाई समाजका अध्यक्ष दीपक ढकाल, बोर्ड अफ ट्रष्टी का अध्यक्ष राजु हुमागाईं, बाईजिराज…